कांग्रेसको विधान संशोधनपछि मात्र संसदीय दलको नेता चुनिने

1.3K

कांग्रेसको विधान संशोधनपछि मात्र संसदीय दलको नेता चुनिने
nepali-congress3-660x330काठमाडौं– नेपाली कांग्रेसले संसदीय दलको विधान संशोधनपछि मात्र दलको नेतृत्व चयन प्रक्रिया अघि बढाउने भएको छ। नयाँ संविधानको व्यवस्था अनुसार दलको विधान संशोधनपछि मात्र संसदीय दलको नेतृत्व चयन गर्नु पर्ने नेता रामचन्द्र पौडेल पक्षको अडानपछि सभापति शेरबहादुर देउवाले विधान संशोधन प्रक्रिया अघि बढाउन अग्रसरता लिएका हुन।
विधान संशोधन नगरी दलको नेता चयन प्रक्रिया अघि नबढाउन पौडेल पक्षले दवाव दिएको भोलिपल्ट सभापति देउवाले मंगलबार दिउँसो नेता पौडेललाई टेलिफोन गरी विधान संशोधन प्रक्रिया अघि बढाउने प्रस्ताव गरेका छन्। नयाँ संविधानको व्यवस्था अनुसार संसदीय दलको विधान संशेधन गर्न आफु तयार रहेको बताउँदै सभापति देउवाले विधान संशोधन गरेर दलको नेता चयन गनै पौडेललाई आग्रह गरेका छन्। संसदीय दलको नेता चयन नहुँदा संवैधानीक परिषदका साथै अन्य महत्वपूर्ण काममा प्रभाव परेकाले त्यसलाई छिटो टुंगोमा पुर्यादउनु पर्ने आफ्नो आशय मात्र रहेको भन्दै सभापति देउवाले विधान संशोधनका लागि चैत २२ गते केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राख्ने प्रस्ताव पौडेलसँग गरेका छन्।

संसदीय दलको नेता तथा कार्यसमिति चयन गर्न निर्वाचन समितिले तय गरेकै मितिमा निर्वाचन गर्ने गरी संशोधन प्रक्रियालाई टुंगोमा पुग्नु पर्नेमा देउवाले जोड दिएका छन्। ‘नयाँ संविधानको व्यवस्था अनुसार संसदीय दलको विधान संशोधन गरेरै जानु पर्छ भन्ने मैले पनि चाहेकै हो,’ देउवालाई उद्धत गर्दै स्रोतले भन्यो, ‘यसमा विवाद गर्नु पर्ने कारण छैन बसेर छलफल गरौ र सयलाई टुंगोमा पुर्याउँ।’

सभापति देउवाले चैत २० गते नेपाल बारको निर्वाचनका कारण त्यसअघि केन्द्रीय समितिको बैठक राख्न कठिनाइ रहेको बताउँदै पौडेलसँग भनेका थिए, ‘हाम्रा कतिपय साथीहरुले निर्वाचनमा भागलिन जानु पर्ने भएकाले त्यसपछि गरौ भन्ने मात्र हो विधान संशोधन नगर्ने भन्ने होइन।’

विधानमा रहेको विकास क्षेत्रको प्रावधानलाई प्रदेशमा ढाल्ने, सामावेसी सिटलाई अपडेट गगर्नुको साथै विधानमा रहेका अन्य विषयलाई संशोधन गरेर अघि बढ्न आफु तयार रहेको जानकारी गराएका थिए। देउवाले केन्द्रीय समिति बैठक र विधान संशोधन प्रस्तावका विषयमा छलफल आवश्यक रहेको भन्दै पौडेललाई आफ्नो निवास आउन आग्रह गरेका थिए। आफु अर्को कार्यक्रममा जानु पर्ने भन्दै आउन नसक्ने जवाफ दिएपछि सभापति देउवाले छलफलका लागि बुधबार निकट नेताहरुलाई उनकै निवास पठाउने भएका छन्। नेता विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ र पूर्णबहादुर खड्का पौडेलसँग छलफल गर्न बुधबार बिहान ९ बजे उनकै निवास जाने भएका छन्। पौडेलले संविधान कार्यान्वयनको नेतृत्व लिनु पर्ने कांग्रेसले त्यस विपरित रहेको विधान अनुसार दलको नेता तथा कार्यसमिति चयन गर्न नहुने आफहरुको धारणा रहेको बताएका थिए। विधान संशोधन गरेर तत्काल दलको नेता तथा कार्यसमिति चयन प्रक्रिया अघि बढाउन आफु सकारात्मक रहेको सभापतिलाई आश्वासन दिएका थिए ।
संसदीय दलको विधान संशोधन गरी निर्वाचन प्रक्रिया अघि बढाएको भन्दै सोमबार बसेको पौडेलपक्षीय नेताहरुको भेलाले निर्वाचन स्थगित गरेर विधान संशोधनपछि मात्र दलको नेता चयन प्रक्रिया अघि बढाउन सभापति देउवालाई सचेत गराएको थियो। रमेश रिजालको संयोजकत्वमा गठन भएको निर्वाचन समितिले चैत २४ गते दलको नेता चयन गर्ने र २३ गते मनोनयन दर्ता गर्ने र कार्यसमितिको निर्वाचन २६ गते गर्ने कार्यतालीका सार्वजनीक गरेको छ।