टे«ड युनियन संगठन विस्तारको अधियानमा

1.2K

टे«ड युनियन संगठन विस्तारको अधियानमा

final piccc बुटवल चैत्र । नेपाल टे«ेड युनियन कांग्रेस रुपन्देहीले संगठन विस्तारको अभियानलाई तिब्रता दिने भएको छ । संगठनको शुक्रबार बुटवलमा बसेको वैठकले टे«ड युनियनमा आवद्ध सबै संग संस्थाहरुको गतिविधि बढाउनुका साथै उनिहरुको क्षमता अधिबृद्धिका लागि तालिम तथा गोष्ठिको आयोजना गर्ने निर्णय गरेको हो । टे«ड युनियनका जिल्ला अध्यक्ष काजिमान श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा संस्थामा अवद्ध सदस्यहरुको क्षमता अधिबृद्धिका लागि अन्तराष्ट्रिय प्रशिक्षक महेश दाहाल लगायतका प्रशिक्षक बाट प्रशिक्षण दिने कार्यक्रम तय गरेको छ ।
त्यसैगरि सबै आवद्ध संस्थाहरुको सदस्यता नविकरण तथा नयां सदस्यता थप गर्ने निर्णय गरेको छ । नयां बर्ष २०७३को अवसरमा सरोकारवाहरुको सहभागितामा शुभकामना आदान प्रदान गर्ने निर्णय गरेको छ । चैत्र २७ गते बुटवलमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने निर्णय भएको जिल्ला अध्यक्ष श्रेष्ठले बताउनु भयो । मई दिवशका अवसर पारेरसमेत उक्त कार्यक्रम गर्न लागिएको हो ।
साथै बैशाख १९ र २० गते काठमाडौमा हुने नेपाल टे«ड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलन सम्पन्न गर्नका लागि जिल्लाबाट सक्रिय सहभागिता जनाउने निर्णय गरेको छ । साथै बैठकले नेपाली कांग्रेसको भर्खरै सम्पन्न केन्द्रिय महाधिवेसनबाट निर्वाचित सबै तहका पार्टि पदाधिकारी तथा सदस्य एवं टे«ड युनियनका प्रतिनिधिहरुलाई बधाई ज्ञापन गरेको छ । कार्यक्रममा जिल्ला सल्लाहकार सोमनाथ गिरि, जिल्ला उपाध्यक्ष ओम प्रकाश चौधरी, ललिता अधिकारी, विश्वबन्धु विनयी, शुशिल घिमिरे, सुर्यदेवदास,कृष्ण वहादुर जिसी, सफतुल्ला रजा, नर वहादुर रजाली ,किशोर देवकोटा लगायतले बोल्नु भएको थियो ।