दुर्घटना न्युनिकरणका लागि बुटवल जेसिसको पहल

दुर्घटना न्युनिकरणका लागि बुटवल जेसिसको पहल

jesssssssssssss
बुटवल,चैत्र ।
सवारी दुर्घटना न्यूनिकरणका लागि सरोकारवाला निकायका विचमा आवश्यक समन्य र सहकार्य आवश्यक रहेको सोमबार बुटवलमा आयोजित कार्यक्रमका सहभागिहरुले बताएका छन् । सवारी दुर्घटना मानविय लाहपर्वाहिका कारणले हुने भएको भन्दै उनिहरुले यसको रोकथामका लागि सबै पक्ष सजग र सतर्क बन्नु पर्ने उनिहरुले बताए ।
बुटवल जेसिसले गरेको –‘सडक सवारी दुर्घटना र हामी’ विषय अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले यस्तो धारणा रहेका हुन् । सबारी दुर्घटना हुने कारणहरु खोजेर त्यसको रोकथामका लागि लागेका धेरै नागरिकहरुको दुर्घटनाबाट हुने मृत्यु रोक्न सकिने उनिहरुले बताए । अन्तरक्रिया कार्यक्रममा बोल्दै पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रकाश अधिकारीले सबारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थालाई सहज बनाउनका लागि आफु जस्तो सुकै कदम चाल्न तयार रहेको बताउनु भयो । उहांले सरोकारवाला पक्षका विषयमा समन्य गरेर काम गर्नका लागि आफ्नो तर्फबाट कुनै कसर नरहने बताउनु भयो । कार्यक्रममा बुटवल उपमहानगरपालिकका वरिष्ठ अधिकृत विष्णु खनालले सडकको अवस्था,सडकमा गुड्ने सवारी साधन, सवारी चालक एवं यात्रहरु आदिका कारण दुर्घटना हुने भन्दै सबै पक्षका विचमा हातोमालो भएकामा दुर्घटना न्यूनिकरण हुने बताउनु भयो । कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी संघका महासचिव जिवन बञ्जाडेले सवारी ऐन नियमावलीको कार्यानयन तथा सरोकारवाला पक्ष जिम्मेबार भए दुर्घटनाको अनुपात कम हुने विश्वास व्यक्त गर्नु भयो । सुरक्षित यात्रा अभियानका महासचिव दिनेश पाण्डेले दैनिक नेपालमा ६ जनाको दुर्घटनाका कारण ज्यान जाने गरेको भन्दै मानवश्रृजित घटना कम गर्न सके दुर्घटना स्वतह कम हुने बताउनु भयो ।

कार्यक्रममा यातायात व्यवस्था कार्यालय बुटवलका अधिकृत बालकृष्ण हुमागाई, सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर खुम भण्डारी, पश्चिमाञ्जय यातायात व्यवसायी संघका यम प्रसाद पाण्डे, निमार्ण व्यवसायी संघका अध्यक्ष जमिन कक्षपती,इ रिक्सा व्यवसायी संघका कृष्ण तिवारी, उद्योग वाणिज्य संघका अनुमानशैजु, उद्योग संघका माधव प्रसाद पौडेल,साना तथा मझौला धुवानी व्यवसायी संघका अध्यक्ष लक्ष्मण क्षत्री लगायतले बोल्दै दुर्घटना न्यूनिकरणका आगि आ आफ्नो क्षेत्रबाट भुमिका खेल्न तयार रहेको बताउनु भएको थियो । कार्यक्रम जेसिसका अध्यक्ष राजु पौडेलको अध्यक्षता महासचिव राजेन्द्र घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •