उपकारद्वारा बृद्धिबृद्धालाई खाध्यान्न

487

उपकारद्वारा बृद्धिबृद्धालाई खाध्यान्न

paroparakri
बुटवल । बुटवल ६ मा सञ्चालितउपकार बचत तथा ऋण सहकारी संस्थाले बृद्धबृद्धालाई खाध्यान्न तथा फलफूलवितरण गरेको छ ।
५९ औं सहकारी दिवसको अवसर पारेर सो सहकारीले सिद्धबाबा दुर्गा भवानी शिवकुमार सैजु बृद्धाश्रममा रहेका बृद्धबृद्धालाई खाध्यान्न तथा फलफूल वितरण गरेको हो । सहकारीले सामाजिक उत्तरदायित्व बहन गर्दै सोमाबर बृद्धाश्रममा एक कार्यक्रमको आयोजनागरि सो सामान वितरण गरिएको सहकारीका अध्यक्ष रमेशबहादुर थापाले जानकारी दिनुभयो ।
सहकारीका अध्यक्ष थापाले आश्रमका अध्यक्ष गणेशमान सैजुलाई सो सामान हस्तान्त्रण गर्नुभएको हो । सहकारीका अध्यक्ष थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा आनन्द भगत श्रेष्ठ, कृष्णप्रसाद खनाल, सचिव गोपाल पन्थीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।