पिपलधारमा नयां बर्षको उपहार एम्बुलेन्स

1.3K

पिपलधारमा नयां बर्षको उपहार एम्बुलेन्स

abbbbबुटवल,चैत्र ।

गुल्मी जिल्लाको पिपलधारका प्रवासी युवाहरुले आफ्नो गाउलाई एम्बुलेन्स हस्तान्तरण गर्ने भएका छन् । यस अघि नाका बन्दीका कारण रोकिएको उम्बुलेन्स चैत्र २६ गते भोतीक रुपमै हस्तान्तरण गर्नृे भएका हुन् । एम्बुलेन्स पिपलधार स्वाथ्य चौकीलाई प्रदान गर्ने भएको छ । जुनसुकै देशको राजनीतिक आन्दोलन होस् या क्रान्ति ,राष्टियताको सवाल होस् या देशको विकास ,युवाको भुमिका महत्त्वपूर्ण हुने गर्दछ तर प्रायजसो युवाको योगदानको सहि मुल्यांकन हुन सक्दैन युवालाई केबल आफ्नो स्वार्थ पुरा गर्न प्रयोग गरिन्छ । ६९७ दशकको नेपाली राजनितीक परिवर्तनमा पनि त्यही भयो । समाज र राष्टको मेरुदण्ड मानिने युवाहरुले कहिले राष्टको झण्डा बोके ,
कहिले विभिन्न राजनितीक पार्टीका । कहिले राज्यको बन्दुक बोके त , कहिले विद्रोहीको बन्दुक । कैयौले ज्यान गुमाए । राजनितीक परिवर्तन भयो तर समाज परिवर्तन भएन बाँचेकाको सोच , शक्ति र सार्माथ्यको राज्य र राजनितिक पार्टीले मुल्यांकन गर्न सकेनन् ।

यद्यपी गुल्मी को क्षेत्रनं ३ अन्र्तगतको पिपलधारा गाविसका तिनै प्रवासको रोजगारीमा रहेका युवाको संगठित संस्था पिपलधारा चौतारी सम्पर्क समिति विश्व सञ्जाल गुल्मीलेजिल्लाका स्थानीय जनताका आशा र अपेक्षाको कदर गर्दै विभिन्न देश र स्वदेशका विभिन्न जिल्लाका सहयोगी दातासँग पहलकदमी लिदै संकलन गरिएको सहयोग रकमबाट खरिद गरिएको एम्बुलेन्स जिल्लाका स्थानीय जनताका आशा र अपेक्षाको कदर गर्दै पिपलधारा स्वास्थ्यचौकी लाई एम्बुलेन्स् हस्तान्तरण गर्ने भएका छन् ।

त्यसोत गत कार्तिक १६गते गुल्मी क्षेत्रनं ३ का सभासद गोर्कर्णराज विष्ट, नेपाल सरकार गृहमन्त्रालयका सहसचिव नारायण बहादुर थापा , गुल्मीका प्रजिअ प्रदिपराज कडेंल लगायतका विशिष्ट ब्यक्तित्वको आथित्यमा एक कार्यक्रमको आयोजना गरि पिपलधारा गाविसको स्वास्थ्य चौकीलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरिसकेको भएपनि यसवीचमा भएको भारतीय पक्षको अघोषित नाकाबन्दी लगायतका कारण एम्बुलेन्स् नेपाल भित्राउन बाँकी रहेका कारण आगामी चैत्र २७ गते शनिवार एक औपचारिक कार्यक्रमकावीच एम्बुलेन्स हस्तान्तरण गर्न लागेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  पिपलधारा चौतारी विश्व संजाल गुल्मीले संस्था स्थापनाको दुईवर्षको अवधिमानै पिपलधारा गाविसका दुइ माध्यामिक विद्यालय गणेश मावि र ज्ञानोदय माविका विद्यार्थिलाई प्रोत्साहित गर्न एस् एल सि उर्तिर्ण विद्यार्थीलाइ पुरस्कार वितरण, गाविस स्तरीय भलिबल प्रतियोगिता, आगालागी, आर्थिक विपन्न तथा रोगीहरुलाई आर्थिक सहयोग लगायतका उल्लेखनीय तथा काम गर्दै आएको समाचारमा उल्लेख गरिएको छ । –हिम शिखर