पिस पार्कमा अभोकाडो रोपियो

774

पिस पार्कमा अभोकाडो रोपियो

tree plantation(1)बुटवल । पश्चिम नेपाल बिकास ट्रष्ट रुपन्देहीले बुटवल १४ ढवाहमा रहेको ग्लोवल पिस पार्कमा बृक्षा रोपण गरेको छ । सो संस्थाले स्वास्थ्य वर्धक मानिने ५० वटा अभोकाडोको बिरुवा रोपेको हो । वातावरणलाई सन्तुल राख्नकालागि त्यसरी बृक्षा रोपण गरिएको संस्थाका कोषाध्यक्ष पदम घिमिरेले जानकारी दिनुभयो ।
सोही अवसरमा संस्थाले अनाथ तथा अपाङ्ग आश्रम देवीनगरमा रहेका व्यक्तिलाई फलफूल वितरण गरेको छ । त्यस्तैगरी कोटीयादेवी माबि सालझण्डी रुपन्देहीका बिद्यार्थीलाई स्टेशनरी तथा खेलकुँदका सामाग्रि प्रदान गरेको छ ।
वेलायतबाट बुद्धजन्मस्थल लुम्विनी सहितको अध्ययन भ्रमणमा आएका रेहील स्कुलका शिक्षक, विद्यार्थी र अभिभावक पर्यटक पनि सो कार्यक्रममा सहभागि थिए ।
उनीहरुलाई ग्लोवल पिस पार्क र पश्चिम नेपाल विकास ट्रष्टका पदाधिकारीहरुले स्वागत गरेका थिए । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयद्वारा नवनिर्मित उक्त पार्क पर्यटकीय गन्तव्य बनेको छ । सोही पार्कमा बृक्षारोपण गरिएको हो ।
सो कार्यक्तममा संस्थाकी अध्यक्ष गौरीमायाँ थापाले समाज रुपान्त्रणकालागि आफूहरुले कार्यक्रम सञ्चालन गरेको बताउनु भयो ।