भन्सार छलेको सामान बरामद

भन्सार छलेको सामान बरामद

logoबुटवल, चैत । बुटवलको राजमार्ग क्षेत्रमा चेकजांचका क्रममा प्रहरीले भन्सार छलेर ल्याउंदै गरेका एक लाख मुल्य भन्दा वढिका सामानहरु बरामद गरेको छ । वडा प्रहरी कार्यालय बुटवलले दुई दिनको अवधीमा ती समानहरु बरामद गरेको हो । दुई दिनको अवधीमा मोटरपार्ट्स, कपडा र मिठाईहरु बरामद भएको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक प्रदिप कुमार डिसीले बताउनु भयो । उहांका अनुसार भन्सार छलेर भाडाको गाडीमा ल्याउंदै गरेको अवस्थामा ती सामान बरामद भएको प्रहरीले जनाएको छ । बरामद सामान प्रहरीले राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाएको छ । प्रहरीका अनुसार बच्चाको पाईन्ट ३० थान, बच्चाको भोटो २९ दर्जन र भारतीय मिठाई १०३ के.जी. बरामद भएको छ । त्यसैगरी मोटरपार्ट्स अन्तरगत कब्जा ३८ के.जी., ब्रेक सु १२० थान, रवर ११५ पिस,. ब्रेक हेण्डल ४ पोका,. डिस ब्रेक सु १२० पिस, एक्सीलेटर तार २९० पिस, प्लग ३ सय पिस र क्लच रिङ ३० पिस सामान समेत बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त सामानको नेपाली मुल्य एक लाख एघार हजार सात सय दश रुपैयां रहेको छ ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •