बेल्जियममा ‘नेपाल महोत्सव २०१६’ हुदै,महोत्सवले भूकम्प पछि पनि नेपाल घुम्नको लागि सुरक्षित रहेको सन्देश दिने

490

बेल्जियममा  ‘नेपाल महोत्सव २०१६’  हुदै,महोत्सवले भूकम्प पछि पनि नेपाल घुम्नको लागि सुरक्षित रहेको सन्देश दिने

ब्रसेल्स/बेल्जियम

बेल्जियममा हुन् लागिरहेको ‘नेपाल महोत्सव २०१६’ विगतका वर्षहरु भन्दा केहि पृथक हुने भयको छ | लुभेन सहरमा आउदो १७ अप्रिलका दिन हुने महोत्सवले भूकम्प पछिको नेपाल र नेपाल भ्रमणको लागि विशेष प्रवर्धन गर्ने छ |

नेपालमा गयको विनासकारी भुकम्प पश्चात नेपाल भ्रमणमा जाने बेल्जिक नागरिकको संख्यामा केहि कमि आयको थियो | दुतावासको डाटालाइ आधार मान्ने हो भने नेपाल जानेहरुको संख्या भुकम्प पछिका केहि महिनाहरू गत वर्षको तथ्यांक भन्दा केहि कमि देखिन्छ | यो महोत्सवले भूकम्प पछि पनि नेपाल घुम्नको लागि सुरक्षित रहेको सन्देश दिने आयोजकले बतायका छन | जसका लागि भुकम्प अघि र पछिको नेपाल बारेमा डकुमेन्ट्रीहरु देखाइनेछ |

एन आर एन बेल्जियमका अनुसार अहिलेको महोत्सवमा सहभागीहरुले स्टलको रकम तिर्नु पर्दैन | व्यापार र फाइदाजनक तरिकाले राखियाका स्टलहरु बात सहयोग स्वरुप १ सय यूरो मात्र लिइनेछ | महोत्सवमा नेपाल प्रवर्धन गर्ने विशेष नेपाली खाना,पोशाक लगायत नेपालको पर्यटकीय स्थानहरुको बारेमा जानकारी दिइने सामाग्रीहरु रहनेछन | बेल्जियममा रहेका नेपालप्रेमी बेल्जिक तथा अन्य विदेसी नागरिकहरुले नेपालको बारेमा धेरै कुरा जान्न पाउने मौका रहेको आयोजक बताउछन |

महोत्सवमा लुभेन सहरका नगरप्रमुख आउने निश्चित भयको छ | त्यस्तै गरेर मिलेसम्म बेल्जियमका एक मन्त्रीलाई पनि कार्यक्रममा ल्याउने प्रयास आयोजकले जारि राखेका छन | एन आर एन बेल्जियमका अनुसार कार्यक्रमलाई भब्य र प्रचारमुखी बनाउनको लागि लुभेन नगरपालिकाले कार्यक्रम बारे स्थानीय पत्रिका तथा अन्य संघसस्थाहरुलाई प्रचार प्रसार मा सहयोग गर्ने भयको छ |
‘उदघाटनको दिनमा नेपालको लोक संस्कृति झल्किने बिभिन्न झॉकीका साथ शहर परिक्रमा गर्ने छौ भने नौमती बाजाको विशेष प्रस्तुति रहनेछ ।’एन आर एन बेल्जियमका अधक्ष्य गंगाधर गौतमले भने ‘कार्यक्रममा आउने बेल्जिक नागरिक जो नेपालप्रेमी छ नेपालमा केहि गरेका छन र हाम्रो निमन्त्रणालाइ स्वीकार गरेर आउछन उनीहरु सबैलाई विशेस सम्मान गर्ने कार्यको पनि थालनी यहि महोत्सवबाट हुनेछ |’