बसकाे झ्यालबाट बाहिर निस्किएकाे टाउकाे काटिएर मृत्यु

502

बसकाे झ्यालबाट बाहिर निस्किएकाे टाउकाे काटिएर मृत्यु

bus-accidentबुटवल,चैत्र । चितवनको दारेचोकमा गुडिरहेकाे बसकाे झ्यालमा बाहिर निस्किएकाे टाउकाे अर्काेे सवारीले काटिदिएकाे छ ।  धादिङबाट पोखरा जाँदै गरेको ग १ ख ६१८५ नम्बरको बसमा सवार धादिङको सल्यान्टारका २३ बर्षीया नानुमाया परियारलाई विपरित दिशाबाट आएको ना ४ ख ४१४३ नम्बरको ट्याङ्करले उछिन्न खाेज्दा उनकाे टाउकाे नै काटिएर  मृत्यू भएको हो । दारेचोक ९ पानी धारा भन्ने ठाउँमा मंगलबार दिउँसो २ बजे गुडिरहेको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा विपरीत दिशाबाट आएको ट्याङ्करले ठक्कर दिँदा नानुमायाको मृत्यू भएको ईलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ । घाइते परियारलाई भरतपुर अस्पताल पुर्याउँदा अस्पतालले मृत्यु भएको घोषणा गरेको ईलाका प्रहरी कार्यालय मुग्लिङका इन्चार्ज प्रहरी निरीक्षक भोलाकुमार भट्टले जानकारी दिए । ट्याङकर र चालकलाई प्रहरीले नियान्त्रणमा लिएको छ । नानुमायाको साथमा रहेका एक बालक सकुशल रहेको प्रहरीले जनाएको छ ।