कांग्रेस सैनामैनामा पार्टि प्रशिक्ष्ँण तथा उद्घोषण तालिम संचालन

1.3K

कांग्रेस सैनामैनामा पार्टि प्रशिक्ष्ँण तथा उद्घोषण तालिम संचालन

filसुरेन्द्र परियार
सैनामैना,चैत्र  नेपाली कांग्रेस सैनामैना नगर समिति को आयोजना मा आज देखी १ हप्ते पार्टि प्रशिक्षण तथा उद्घोषण तालिम सुरु भएको छ । तालिम को आज एक कार्यक्रम का विच उद्घाटन गरिएको हो ।
शहिद नारायण पोखरेल रामापुर क्याम्पसमा भएको सो कार्यक्रम कांग्रेस सैनामैना नगर समिति का सभापति राम प्रसाद अधिकारीको सभापतित्व, पुर्व जिल्ला उपसभापति तथा जिल्ला सदस्य फडिन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता मा भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि फडिन्द्र शर्माले नेपाली कांग्रेस को नेत्तित्व अब युवा पुस्ताहरुमा हुनुपर्ने बताउनुभयो । उहाले इतिहास र बर्तमान अबस्था बारेमा युवाहरुलाइ जानकारी गराउदै नेत्तित्व लिनका लागी तालिम महत्वपुर्ण हुने बताउनुभयो । स्थानिय स्तरमा कांग्रेस का नेत्तित्वकर्ता तथा कार्यक्रता हरुको क्षमता अभिवृद्धि गर्नका लागी तालिम फलदायी हुने बताउनुभयो ।
कार्यक्रममा जिल्ला सदस्य रामबली चौधरी , केन्द्रिय प्रशिक्षक मदन कट्टेल, प्रशिक्षक ऋषिराम न्यौपाने, नेपाल शिक्षक संघ केन्द्रिय प्रतिनिधि चित्र बहादुर केसी ,पुर्व नगर सभापति नारायण खनाल, क्ष्ँेत्र नं. ५ का पुर्व क्षेत्रिय सचिब रण बहादुर खनाल, पुर्व जिल्ला सदस्य खडानन्द खनाल, क्ष्ँेत्रिय सदस्य सिता पाण्डेय, पारस पाण्डेय, क्षेत्र नं. ४ का सदस्य दुल बहादुर थारु, महाधिबेशन प्रतिनिधी मदन थापा, वडा नं. ८ का वडा सभापति हरि प्रसाद सुवेदी लगायतले बोल्दै पार्टिलाइ मजबुद बनाउन तालिम महत्वपुर्ण रहेको बताए ।
कार्यक्रममा बोल्दै नगर सभापति राम प्रसाद अधिकारी ले विशेष गरि र्पािर्टका बारेमा युवाहरुलाइ जानकारी गराउदै नेत्तित्व क्षमता अभिबृद्धिका लागी तालिम आयोजना गरिएको बताउनुभयो । उहाले नेपाली कांग्रेसलाइ मजबुद बनाउदै अगाडी बढाउनका लागी तालिमले महत्वपुर्ण भुमिका खेल्ने विश्वाश समेत व्यक्त गर्नुृभयो । तालिम मा विशेष गरि पार्टिको इतिहास, विगत र बर्तमान , पार्टिमा युवाहरुको भुमिका, नेत्तित्व विकाश, क्षमता अभिबृद्धि लगायतका विषयमा प्रशिक्षण हुने उहाले बताउनुभयो ।
कार्यक्रममा प्रशिक्ष्ँण तथा तालिम का संयोजक कांग्रेस सैनामैना नगर सदस्य अर्जुन भण्डारीले तालिम का बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रम नगर उपसभापति गुरु प्रसाद प्रसाद पराजुलिको स्वागत तथा नगर सचिब यदुनाथ ज्ञवालीको संचालन मा सम्पन्न भएको हो ।
७ दिने तालिममा पार्टि प्रशिक्षण कांग्रेस केन्द्रिय प्रशिक्षक मदन कट्ेल र व्यक्तित्व विकाश तथा उद्घोषण तालिम प्रशिक्ष्ँण रेडियो मलमला का स्टेशन म्यानेजर ऋषिराम न्यौपाने र पत्रकार भवानी प्रसाद पाण्डेय, नेपाल महिला संघ को इतिहार बर्तमान बारेमा महिला संघ रुपन्देहीको सभापति रमा अर्याल्को सहजिकरण मा हुनेछ ।