सन्तोष न्यौपाने
बेल्जियम
तपाइले तेरिया मगरलाई जिताउन को लागि कति पटक भोट गर्नु भयो ?अनि प्रशान्त तामांगलाई विजयी गराउन कति पटक भोट गर्नुभयो ?पक्का पनि अत्याधिक भोट गर्नु भयो | किनकी तेरिया र प्रशान्तको जितमा रास्ट्रियता जोडियको थियो | तपाईहरुले सकेको भोट गर्नु भयो र उनीहरुले जिते | उनीहरुले जितुन भन्नुको आसय एउटै थियो त्यो हो रास्ट्र प्रेम र रास्ट्रियता !
माथिको प्रसंग जस्तै अब तपाईहरुको अत्याधिक भोटको खाचो पोर्चुगल निवासी टंक सापकोटालाई परेको छ |तपाईहरुले आफ्नो भोट गर्न जम्मा ३० सेकेन्ड मात्रै समय खर्चिनुपर्नेछ | पोर्चुगलमा रहेको होटल ,रेस्टुरेन्ट र पर्यटन ब्यबसायीहरुको साझा संगठन अह्रेस्पले(AHRESP) २ सय जना सृजनशील क्षमता भयका ब्यक्ति चयन गर्यो | जसमा होटल ,रेस्टुरेन्ट र पर्यटन ब्यबसायीहरु रहेका छन | यी २ सयबाट जुरीको समुहले उत्कृस्ट ७ जनालाई अन्तिम प्रतिष्पर्धामा अघि सारेको छ | जसमा एकमात्र विदेश नागरिक टंक सापकोटा रहेका छन | अनलाइन भोटिंगमा आयको नतिजाको आधारमा आयोजकले अवार्डको बिजेता घोषित गर्नेछ | यसरि सृजनशील ब्यवसायीबाट अनलाइन भोटिङद्वारा प्रथम हुने एक जनालाई उक्त अवार्ड प्रदान गरिन्छ । अप्रिल महिनाको अन्तिम दिन अर्थात् अप्रिल ३० तारिख सम्म आयका भोटहरुको आधारमा बिजेता घोषित आयोजकले गर्नेछन |
सापकोटाले पोर्चुगलमा बिगत २ दशक देखि इटालियन रेस्टुरेन्ट खोलेर बसेका हुन् | उनि आफ्नै रेस्टुरेन्टको ‘सेफ कुक’ हुन् | उनको रेस्टुरेन्ट पोर्चुगलमै उत्कृस्ट दर्जामा रहेको छ | प्रत्यक वर्ष जस्तो उनले रास्ट्रिय पुरस्कार पाइरहेका छन | अहिलेसम्म ३ ओटा अन्तरास्ट्रिय पुरस्कार पनि पाइसकेका छन | पिज्जा बनाउने चुलो न्युयोर्क पछिकै दोस्रो गोल्डेन ओभन उनको रहेको छ | जुन ओभनमा सुनको लेप लगाइयको छ |
बागलुङ जिल्लाको दमेकमा जन्मिएका ब्यवसायी टंकनाथ सापकोटाले मौसम अनुसार अत्यन्त दुर्लभ र महंग परिकार समेत तयार गर्दछन |खानामा दुर्लभ सामाग्रीको प्रयोग र बनाउने नयाँ शैली नै उनको विशेषता हो । उनले गरेका ब्यवसाय नयाँ प्रविधिद्वारा सञ्चालन भएको र खाना सम्वन्धी खोज र बनाउने नयाँ शैली भएका कारण उक्त अवार्डमा उनी छनौटमा परेका हुन् ।
‘यो मेरो मात्र नभयर रास्ट्रको गौरवको कुरा रहेको छ | यो जित सबै नेपालीहरुको हुनेछ | संसार भर रहेका नेपालीहरुलाई अनलाइन भोटिंग गरिदिनुहुनको लागि अनुरोध गर्दछु |’सापकोटाले भने’ अहिले मलाई विश्वभरी रहेका नेपालीहरुको अत्याधिक भोटको आवस्यकता परेको छ |’अहिले उनि आफुलाई जिताउन विश्वभरी रहेका सबै नेपाली हरुलाई आग्रह गरेका छन |
टंक सापकोटालाई भोट गर्नको लागि www.tankasapkota.com or http://www.premiosahresp.pt/