व्यवसायीका समस्यामा सुरक्षा अधिकारीसंग छलफल

237

व्यवसायीका समस्यामा सुरक्षा अधिकारीसंग छलफल

logoबुटवल । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले बुधवार यस क्षेत्रको शान्ति सुरक्षा र होटल व्यवसायीले भोग्नु परेका समस्याका बारेमा सुरक्षा निकायका प्रमुखसंग भेटघाट गरि छलफल गरेका छन ।
संघका अध्यक्ष समुन्द्र जिसीको नेतृत्वमा ईलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरमा गएको पदाधिकारी तथा सदस्यहरुको टोलीले संघले आगामी दिनमा गर्ने कार्यक्रमका बारेमा समेत जानकारी गराएको थियो । प्रहरीले गर्ने होटल व्यवसायको अनुगमन तथा मापसे चेकिङ्लाई प्रभावकारी बनाउदै व्यवसायीले भोग्नु परेका समस्यामा समन्वय गरि अगाडी बढनु पर्नेमा संघले प्रहरी समक्ष अनुरोध गरेको थियो ।
पछिलो समयमा प्रहरीले गरेकोे होटल व्यवसाय चेकिङ्ले व्यवसायीहरुमा नैरास्यता उत्पन्न भएको भन्दै त्यसलाई व्यवस्थित बनाउन समेत माग गरिएको थियो । सो अवसरमा ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक महेन्द्र खडकाले व्यवसायीलाई निरुत्साहीत गर्ने हिसावले प्रहरीले चेकिङ् नगरेको र आगामी दिनमा पनि त्यसो नगरिने बताउदै यस क्षेत्रको शान्ति सुरक्षामा देखिएका चुनौतीलाई सामना गर्न व्यवसायी र प्रहरी मिलेर अगाडी बढनु पर्नेमा जोड दिनुभयो । व्यवसायीलाई मर्यादित हिसावले व्यवसाय संचालन गर्न पनि उहाँले आग्रह गर्नुभयो । त्यस्तै वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरिक्षक प्रदिपकुमार डिसीले व्यवसायीहरुले यस क्षेत्रको शान्ति सुरक्षा कायम गर्न र विकृति विसंगतिको अन्त्यका लागि सहकार्य जरुरी रहेको बताउनु भयो ।