कपिलबस्तुको कुशहवामा आगलागी, १२५ घरगोठ जलेर नष्ट

680

कपिलबस्तुको कुशहवामा आगलागी, १२५ घरगोठ जलेर नष्ट

logoकपिलबस्तु । कपिलबस्तुको सीमावर्ती कुशहवा गाविस–१ र २ कुशहवामा शुक्रवार दिउसो आगलागी हुदा १ सय २५ घरगोठ जलेर नष्ट भएको छ । लेदई चमारको घर अघि रहेको घुरयानबाट अचानक आगो उठदा छिनभरकै गाउ भरि आगो फैलिएको थियो ।
पश्चिमबाट हावा चल्दा पुर्व तिरका फुसका घर जलेर नष्ट भएको छ । दिउसो साढे दुई बजेबाट शुरु भएको आगो साझ ६ बजे नियन्त्रणमा लिईएको थियो । आगो नियन्त्रणमा लिएपछि प्रहरीले क्षतिको विवरण संकलन गरिएको छ । आगलागीबाट १ सय २५ घर र गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी प्रमुख उपरिक्षक विष्णु केसीले बताउनु भयो । एक करोड बराबरको धनसंपत्ती नष्ट भएको प्रारम्भीक विवरण संकलन गरिएको उहाँले जानकारी दिनुभयो ।
अधिकान्सका लत्ताकपडा, खाद्यान्न, भाडकुडा, गरगहाना र नगद जलेर नष्ट भएको छ । गाउमा १ सय ४० घर रहेका थिए । तौलिहवाबाट गएको दमकल, प्रहरी र सशस्त्रले करिब ४ घण्टामा आगो नियन्त्रणमा लिएका थिए । प्रचण्ड गर्मी बढेपछि तिब्र गतिमा चलेको तातो हावाले २० मिनेट भित्रै आगो गाउभरि फैलिएको सशस्त्रको भिल्मी बिओपी प्रमुख नायव निरिक्षक खेमराज ढकालले बताउनु भयो । हावाका कारण आगो नियन्त्रणमा लिन निक्कै समस्या भएको थियो । साझ परेपछि विस्तारै आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट ३ बाख्रा जलेर मरेका छन् । पिडितलाई शुक्रवार साझको खानाको व्यवस्था गर्न गाविस सचिबलाई आग्रह गरेर व्यवस्था मिलाईएको प्रजिअ ईन्दु घिमिरेले बताउनु भयो । पिडितलाई नजिकका विद्यालयमा बसोबासको व्यवस्था मिलाईएको छ । शानिवार विहान गाउ पुगेर जिल्ला दैबीप्रकोप उद्धार समिति र रेडक्रस लगायतले राहन वितरण गर्ने उहाँले बताउनु भयो । अन्य संघ संस्थालाई पनि तत्काल राहत प्रदान गर्न आग्रह गरेको उहाँले बताउनु भयो ।