एम्स कलेजमा वादविवाद

1.6K

एम्स कलेजमा वादविवाद

बुटवल । बुटवल–११ राजमार्ग चौराहमा अवस्थित एम्स कलेजमा शुक्रबार ‘जागिर खानु भन्दा उद्यमी हुनु वेश’ विषयक वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा विविएस दोस्रो वर्षकी चन्दा पाठक प्रथम, प्रथम वर्षका सृजल मल्ल द्वितीय, तेस्रो वर्षकी रेजुना श्रेष्ठ तृतीय र तेस्रो वर्षकै सुनील गुप्ता सान्त्वना भएका छन् । प्रतियोगितामा १७ जना विद्यार्थीले भाग लिएका थिए ।
विद्यार्थीलाई जागिर खाने मनोवृत्ति भन्दा उद्यमशिलता गर्ने दिशामा उन्मुख गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्याम्पसले जनाएको छ । क्याम्पस प्रमुख दीपक ढकालको अध्यक्षता, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष हरिप्रसाद अर्यालको आतिथ्यतामा भएको कार्यक्रममा कलेजका प्रबन्ध निर्देशक गोपाल प्रसाद न्यौपाने, अधिवक्ता महेन्द्र पाण्डे, एम्स उच्चमावि संयोजक विनोद शाक्य, निर्णायक सुरेन्द्र ज्ञवाली, माधव पौडेल, लगायतले बोल्नु भएको थियो । कार्यक्रम संयोजक गोबिन्द शर्मा बस्यालको स्वागतमा भएको कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख विकास श्रेष्ठले गर्नु भएको थियो ।