नेता उपाध्यको शोक सभा

325

नेता उपाध्यको शोक सभा

बुटवल । काँग्रेसका पुराना नेता क्षेत्रीय प्रतिनीधि बुटवल उप महानगरपालिका बार्ड नम्बर २० मोतिपुर निबासी स्वर्गीय कुलपसाद उपाध्यायको शुक्रबार शोक सभा गरिएको छ । ८२ बर्षको उमेरमा यहि चैत १६ गते निधन भएका उपाध्यायको काँग्रेस वार्ड समितिले शोकसभा गरको हो । शोकसभा रुपन्देही क्षेत्र नम्मर ४ का सभापति हरि लम्सालले स्व. उपाध्यको पार्टिमा ठुलो योगदान रहेको चर्चा गर्दे उहाँको निधनले पार्टिले ईमान्दार सेवक गुमाएको बताउनु भयो ।
सोक सभामा नेपाली काँग्रस रुपन्देहीका पुर्व सभापति रामचन्द्र ढकाल, नगर सभापति खेलराज पाण्डे, क्षेत्रीय सचिव जोगबहादुर खत्री, पुर्वमहाधिवेशन प्रतिनीधि गोकर्ण पौड्याल, महाअधिवेशन प्रतिनिधी हरिहर श्रेष्ठ, रिजन श्रेष्ठ, बार्ड नम्बर २१ का सभापति केशव पाण्डे, काग्रेस नेताहरु रोमणीप्रसाद पाण्डे, नुरापति नेपाल, जगन्नाथ शर्मालगायतले शोक मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम हुमराज ढकालको सभापतित्व र शिवप्रसाद नेपालको सञ्चालनमा भएको थियो ।