प्रथम सिपीएन युएमएल पेसिडेन्ट कप फुटवलको उपाधी घरेलु टिम सुनौलो संगमलाई

800

प्रथम सिपीएन युएमएल पेसिडेन्ट कप फुटवलको उपाधी घरेलु टिम सुनौलो संगमलाई

sunulo samgamबुटवल । मदन भण्डारी स्पोर्टस एकेडेमी लुम्बिनीले आयोजना गरेका सिपीएन युएमएल पेसिडेन्ट कप फुटवल प्रतियोगिताको उपाधि घरेलु टिम सुनौलो संगम युवा क्लवले हात पारेको छ ।
शनिबार भएको फाईनल प्रतिस्पर्धामा विभागिय टिम त्रिभुवन आर्मीलाई ३–२ ले हराउँदै सुनौलो संगमले उपाधि हात पारेको हो । निर्धारित समयको खेलमा २–२ को बरावरी भएपछि अतिरिक्त समयमा सुनौलोले थप एक गोल गर्दै घरेलु मैदानमा उपाधि रक्षा ग¥यो ।
त्रिभुवन आर्मीका सुदिल राईले खेलको पाँचाँै मिनेटमा टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो गोल खाएपछि आक्रमक खेल प्रस्तुत गरेको सुनौलो संगमले खेलको २६ औं मिनेटमा आर्मीका गोलकिपर विकाश मल्ल अगाडि बढेको मौकामा दामोदर थापा क्षेत्रियले आर्कषक हेड गोल गर्दै टिमलाई १–१ को बरावरीमा पुराए । त्यस लगत्तै आर्मीका राजिव गुरुङले खेलको ३२ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा २–१ को अग्रता दिलाए ।
दोस्रो हाफमा लयमा रहेको सुनौलो संगमका लागि खेलको ७० औं मिनेटमा यलन थापाले गोल गर्दै टिमलाई २–२ को बरावरीमा पुराए । निर्धारित समयको खेल २÷२ को बरावरी भएपछि अतिरिक्त १४ मिनेटको पहिलो मिनेटमानै सुनौलो संगमका लागि सुरज हमालले गोल गर्दै टिमलाई अग्रता दिलाए । बाँकी समय आर्मीले गोल गर्न सकेन ।
खेलको उपाधि विजेता सुनौलो संगमले ३ लाख ३ हजार ३ सय १३ रुपैया सहित कप, मेडल र प्रमाण पत्र हात पारेको छ भने उपविजेतामा सिमित रहेको विभागीय टिम आर्मीले १ लाख ५५ हजार ५ सय ११ रुपैयाँ नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।
प्रतियोगितामा म्यान अफ द म्याच आर्मीका विकास मल्ल घोषित भए । त्यस्तै हाई गोल स्कोरमा आर्मीमा राजिव गुरुङ, वेष्ट कोचमा सुनौलो संगमका भानु थापा, बेष्ट गोलकिपरमा सुनौलो संगमका दिलिप क्षेत्री, बेष्ट मिडफिल्डरमा सुनौलो संगमकै दामोदर थापा क्षेत्री, बेष्ट डिफेन्समा आर्मीका शेषराज घोािषत भए । उनीहरुले जनही नगद पुरस्कार ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरे । त्यसैगरी बेष्ट पलेयर अफ दि टुर्नामेन्ट बाट सुनौलो संगम युवा क्लवका सुरज हमाल घोषित भए । उनले नगद ७ हजार ७ सय ७७ रुपैया प्राप्त गरे । विजयी टिम तथा उपविजेता टिमलाई पुर्व सभामुख सुवासचन्द्र नेमाङले पुरस्कार वितरण गर्नुभयो ।