पाल्पा । सामुायिक वनबाट सुरु आगो गाउमा फैलिदा पश्चिम पाल्पाको भैरवस्थान गाउ विकास समिति वडा नं ४ मसुरेमा एक जना मानिस घाइते हुनुका साथै ४ ओटा गोठ र ३ घर जलेका छन भने एउटा गाइ मरेको छ । शनिवार दिउसो स्थानीय सामुदायिक वनमा लागेको आगो गाउमा फैलिएको थियो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सो आगो निभाउने क्रममा स्थानीय कमला विक घाइते हुनु भएको छ । उहाँको तानसेन स्थित मिसन अस्पतालमा उपचार भैरहेको छ । आगलागीबाट भैरवस्थान गाविस ४ का पूर्णवहादुर सार्कीको खरले छाएको गोठ पूर्ण रुपमा क्षति भएको छ । कृष्णवहादुर विकको गोठ जलेको र दुइ तले घरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ । त्यसैगरी मीनप्रसाद श्रेष्ठको खरले छाएको गोठ पूर्ण रुपमा क्षति भएको छ भने उहाँको घरमा पनि आगलागीबाट क्षति पुगेको छ । उहाँकै गोठमा रहेको गाई जलेर मरेको प्रहरीले जनाएको छ । त्यस्तै कमल वहादुर विकको गोठ जलेको र टिनले छाएको घर पनि क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगो गाउमा फैलिएपछि तानसेनबाट गएको शसस्त्र प्रहरी, जनपथ प्रहरी, नेपाली सेनाको टोली र स्थानीयले आगो निभाएका थिए भने वनमा लागेको आगो साँझसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । गाउमा आगो फैलिने डरले स्थानीयहरु भयभित भएका छन ।