बिभेदकारी नीतिले यातायात व्यबसाय धारासायी

534

बिभेदकारी नीतिले यातायात व्यबसाय धारासायी

DSCN0951कपिलबस्तु । राज्यको विभेदकारी नीतिकाकारण यातायात व्यवसाय धरासायी बन्दै गएको यातायात व्यवसायीहरले गुनासो गरेका छन् ।
उनीहरुले राज्यलाई करोडौ रुपैया राजश्व बुझाउने यातायात व्यवसायीलाई सरकारले उद्योगको रुपमा मान्यता नदिदा यातायात व्यवसायीहरु धरासायी बन्दै गएको उल्लेख गरे । देशको विकासको मुख्य मेरुदण्डको रुपमा रहेको यातायात क्षेत्रलाई राज्यले उद्योगको रुपमा मान्यता दिनुपर्ने माग गर्दै उद्योगको मान्यता नदिँदा सम्म व्यबसायीको अवस्था सुधार गर्न नसकिने बताएका थिए ।
कपिलवस्तूको बाणंगागा १ बैरीयामा रहेको बाणगंगा यातायात व्यवसायी समितिको ११ औ वार्षिक साधारण सभामा बोल्दै उनीहरुले दुर्घटना, वीमा, ढुवानी, अस्वस्थ्य प्रतिस्पर्धालगायतका समस्याका कारण यातायात व्यवसायीले करोडौको लगानी गुमााउनु पर्ने अवस्था आएको उल्लेख गरे । कार्यक्रमको उद्घाटन गर्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष अर्जुन रानाभाटले यातायात व्यवसायमा नीजि क्षेत्रको मात्रै लगानी भएकाले सरकार उदासिन बनेको आरोप लगाउनु भयो ।
उहाँले विकासको मेरुदण्डको रुपमा रहेको यातायात व्यवसायमा भएका समस्या निराकरण गरेर अंगाडी बढेमा मात्रै मुलुकको पनि बिकास हुन सक्ने बताउँदै त्यसकालागि छुट्टै यातायात मन्त्रालयको आवश्यकता औंल्याउँनु भयो । व्यबसायीको लगानीको सुरक्षा र अस्वस्थ्य प्रतिस्पर्धा अन्त्यकालागि वि.सं २०४९ सालमा बनेको यातायात सम्बन्धी ऐन परिमाार्जन गरी समय अनुकुल बनाउन उहाँले माग गर्नुभयो ।
कार्यक्रममा बोल्दै कपिलवस्तु क्षेत्र नम्बर १ का सांसद बलराम अधिकारीले यातायात नीति परिमार्जन गर्नु पर्ने आवश्यकता रहेको औल्याउदै आफुले यातायात व्यवसायीका समस्यालाई सम्बोधन गर्ने गरी नीति निमार्णको लागी पहल गर्ने आश्वासन दिनुभयो । समितीका अध्यक्ष विष्णुप्रसाद न्यौपानको अध्यक्षतामा भएको कार्यक्रममा सांसद विश्रामप्रसाद चौधरी, नेपाल ट्रक यातायात व्यवसायी महासंघका उपाध्यक्ष हिरालाल श्रेष्ठ, सचिव राजेन्द्रकुमार श्रेष्ठ, पश्चिमाञ्चल यातायात व्यवसाायी समितीका अध्यक्ष लोकराज पोखरेल, नारायणी यातायात व्यवसायी संधका अध्यक्ष बद्रिप्रसाद चौलागाई, सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्णप्रसाद वेलवासे, नेपााली काग्रेसका हरी पोखरेल, एमालेका बाबुराम आचार्य, नेकपा मालेका शंकर आचार्य लगाायतले भनाई राख्नुभएको थियो । कार्यक्रममा समितीका उपाध्यक्ष विष्णु पौडेलले स्वागतर र महासचिव लक्ष्मण भुसालले सञ्चालन गर्नुभएको थियो ।