नवज्योतीको वार्षिकोत्सव

1.3K

नवज्योतीको वार्षिकोत्सव

मणिग्राम । नवज्योति इंगलिस बोर्डिंग स्कुल तिलोत्तमा ११ रुपन्देहीको वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह शुक्रबार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले विद्यार्थीहरु पढाइमा मात्र नभै अतिरिक्त क्रियाकलापमा पनि अगाडि बढ्नुपर्नेमा जोड दिंदै यसका लागि विद्यालयले हौसला प्रदान गर्नुपर्ने बताउनुभयो ।
सोही अवसरमा बोल्दै अध्यक्ष लक्ष्मण ज्ञवालीले आगामी दिनमा विद्यालयलाई यस क्षेत्रकै नमूना विद्यालयको रुपमा विकास गरिने बताउनुभयो ।
त्यस अवसरमा विद्यालयका प्राचार्य समिर खान, सहप्राचार्य टोपबहादुर केसी, खेमानन्द न्यौपाने, जेपि कंडेल, मधुप्रकाश ज्ञवाली, राजदेवी खनाल, शिक्षक भेषराज कार्की लगायतले बोल्नुभएको थियो । कार्यक्रममा शिक्षा तथा खेलकूदतर्फ उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरणका साथै सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।