काँग्रेस वडा समितिद्धारा सम्मान

362

काँग्रेस वडा समितिद्धारा सम्मान

congress_gifबुटवल । नेपाली काँग्रेस वडा समिति बुटवल १२ ले शनिबार देवदह नगरपालिकाको केउलीमा क्रियाशिल कार्यकर्ता भेला, बनभोज तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा वार्ड नम्वर १२ बाट प्रतिनिधित्व गर्दै नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्वर चारको सभापतिमा निर्वाचित हरि लम्साललाई बधाई सहित सम्मान गरिएको छ । उहांलाई सफल कार्यकालको कामना गर्दै वडा समितिले सम्मान गरेको हो । सोही अवसरमा क्षेत्रीय सदस्य र क्षेत्रीय प्रतिनिधि तथा पत्रकारहरु खिमानन्द भटराई, विष्णु भुसाल र यमलाल भुसाललाई पनि खादा ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा १३ औं महाधिबेशनवाट निर्वाचित वडा समितिले पार्टीको विधान अनुसार मनोनित गरेका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरुलाई वडा सभापति खडक बहादुर महतले प्रमाण पत्र प्रदान गर्नु भएको थियो । सोही अवसरमा पार्टी प्रतिवन्धित कालदेखि हालसम्म नेपाली काँग्रेसको राजनीतिमा क्रियाशिल रहंदै आउनु भएका र ७५ वर्ष उमेर पुरा भएका वडा समितिका सल्लाहकारहरु दुर्गा प्रसाद श्रेष्ठ, तुलविर गर्वुजा, धनबहादुर गुरुङ्ग, चण्डिप्रसाद पाण्डे र तेजवहादुर श्रेष्ठलाई क्षेत्रिय सभापति हरि लम्सालले सम्मान गर्नु भएको थियो ।
वडा सभापति खड्कवहादुर महतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै क्षेत्रीय सभापति हरि लम्सालले सम्मानले पार्टीमा जिम्मेवारी अझ थपिएको भन्दै पार्टीलाई एक ढिक्का वनाएर अगाडि बढाउन सवैको साथ र सहयोग चाहिने बताउनु भयो ।
पार्टीका वडा उपसभापति रुद्र हमालको स्वागत र सचिव चिरन्जिवी श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा क्षेत्रिय सदस्य मुक्ति अधिकारी, क्षेत्रिय प्रतिनिधि गंगा गुरुङ, वडा समिति सल्लाहकार तुलविर गर्बुजा, वडा सदस्य प्रकाश भट्टराई लगायतले बोल्दै पार्टी संगठनलाई मजवुत र क्रियाशिल वनाउन सबै एकजुट भएर अगाडि बढ्नुपर्ने धारणा राख्नु भएको थियो ।


त्यसैगरी नेपाली कांग्रेस बुटवल १३ को वार्ड कार्यसमिति बिस्तार गरिएको छ । पार्टीको १३ औं महाधिवेशन अन्तरगत भएको वार्ड अधिवेशनबाट आएको नयाँ कार्यसमितिको बैठकले पार्टीको बिधान अनुसार उपसभापतिमा कृष्णबहादुर जिसी, सचिवमा सुरेन्द्रराज ज्ञवाली, सहसचिवमा ओमप्रकाश चौधरी र सदस्यहरुमा शंकर टंडन, ओमभद्र गौतम, थानेश्वर पौडेल, दुर्गा पौडेल, बालकृष्ण अर्याल, गोबिन्द भण्डारी र कृष्ण न्यौपानेलाई मनोनित गरिएको बताईएको छ ।
वार्ड सभापति चित्रबहादुर बर्माको सभापतित्वमा बसेको बैठकले मतदान सभापतिमा क्षत्र १ मा कृष्णमान कुवँर, २ मा नेत्रबहादुर थापा, ३ मा आविश्कार खनाललाई मनोनित गरिएको छ । सोही अवसरमा वार्ड पार्टी कार्यालयकालागि सदस्य शंकर टण्डनले जग्गा उपलब्ध गराउने घोषणा गर्नुभयो ।