सिद्धेस्वर शिब मन्दिरको साधारणसभा

1.3K

सिद्धेस्वर शिब मन्दिरको साधारणसभा

बुटवल । सिद्धेश्वर शिव मन्दिर सेवाश्रम बुटवल ९–१० को दशौं साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उदघाटन गर्दै बुटवल उपमहानगरपालिकाका बरिष्ठ इन्जीनियर सुमन श्रेष्ठले सिद्धेश्वर शिव मन्दिर सेवाश्रमले आध्यात्मिक कार्यक्रम संगै सामाजिक सुधारका काम समेत अगाडि बढाएको भन्दै प्रशंसा गर्नुभयो । मन्दिरको बिकास र भौतिक पुर्बाधारका लागि नगरपालिकाबाट आवश्यक सहयोग गर्ने पनि उहांले बताउनु भयो ।
साधारण सभाले आश्रमको कोठा निर्माण गर्ने र विधान संसोधन गर्ने प्रस्ताव पारित गरेको छ । कार्यक्रममा मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद पन्तले समितिले आगामी दिनमा गर्ने नयां योजना र विगतमा गरिएका गतिविधी सहितको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
सो अवसरमा मन्दिर ब्यवस्थापन समितिका कोषाध्यक्ष ऋषिराम अर्यालले आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै ७२ लाख १९ हजार बराबरको आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका उपाध्यक्ष लक्ष्मण अर्यालको स्वागत र भरत गिरीको सञ्चालनमा भएको कार्यक्रममा बुटवल एफ एमका राधेश्याम राजभण्डारी, सूर्यलाल गुरुङ, तेजनिधि पौडेल, भिम भुर्तेल, टीकाराम अर्याल, डोलप्रसाद अर्याल, नुमाकान्त चापागाई, उमाकान्त बस्याललगायतले बोल्दै मन्दिर सबैको आस्थाको केन्द्र भएकोले यसको संरक्षण र विकासमा सबैको सहयोग आवश्यक पर्ने बताउनु भयो ।