पत्रकार प्रधानलाई साउदीमा सम्मान

155

पत्रकार प्रधानलाई साउदीमा सम्मान

bharatसाउदी अरव । प्रवासमा रहेर पत्रकारिताको माध्यमबाट वैदेशिक रोजगारीका विकृित, अवसर र नेपाली श्रमिकले भोग्नुपरेका समस्याका विषयमा कलम चलाएर विशेष योगदान पु¥याएको भन्दै पत्रकार भरत प्रधानलाई सम्मान गरिएको छ ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएन) साउदी अरेबियाले दमाममा एक कार्यक्रमकाबीच प्रधानलाई सम्मान गरेको हो । सङ्घका अध्यक्ष नारायण पासवान तथा उपाध्यक्ष डमरकुमार यादवले संयुक्तरुपमा सम्मानपत्र प्रदान गरेर प्रधानलाई सम्मान गर्नुभएको हो ।
पत्रकार प्रधान विगत एक वर्षदेखि साउदी अरबमा रहेर नेपाली श्रमिकले भोग्नुपरेका समस्या, खाडीमा नेपाली कामदार तथा घरेलु महिला कामदारको अवस्थालगायत विषयमा कलम चलाउँदै आउनुभएको छ । नेपाल प्रेस युनियन रुपन्देहीका सदस्य समेत रहेका प्रधानले त्यहाबाट राष्ट्रिय समाचार समितिमा समाचार खेख्नुहुन्छ ।