पिपलधारवासीले दुलही भित्राएजस्तै एम्बुलेन्स भित्र्याए

पिपलधारवासीले दुलही भित्राएजस्तै एम्बुलेन्स भित्र्याए

aaबुटवल,पिपपलधारा चौतारी सम्पर्क समिती बिश्व सन्जाल गुल्मीले एक भव्य समारोहका बिच पिपलधारा स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । समारोहमा प्रमुख अथिती सहायक जिल्ला प्रमुख अधिकारी रामचन्द्र पन्थीले एम्बुलेन्सको सेवा शुभारम्भ गर्नुभएको थियो ।

यसअघि बाजागाजा बजाएर गाउँमा एम्बुलेन्स लगिएको थियो । गाउँलेहरु पन्चेबाजाको तालमा नाच्दै एम्बुलेन्सलाई गाउँ परिक्रमा गराएका थिए ।

कार्यक्रममा बोल्दै सहायक जिल्ला प्रमुख अधिकारी रामचन्द्र पंन्थीले पिपलधाराका प्रवासी युवाहरुले उदाहरणीय कार्य गरेकोमा उच्च प्रसंसा गर्दै रोजीरोटीको लागी मुग्लान पसेका युवाहरुको सहरानीय कार्यलाई जति प्रसंसा गरेपनि कम हुने बताउदै देशका अन्य युवाहरुले पिपलधाराबाट सिकेर आफ्नो मातृभुमीको सेवा गर्नुपर्नेमा जोड दिनुभयो ।

IMG_4892

कार्यक्रमका बिषेश अथिती जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत श्रीकृष्ण भट्टराइले प्रवासी युवाहरुको कार्यले मुलुकका सम्पुर्ण युवालाई प्रेरणा मिलेको बताउदै एम्बुलेन्स सन्चालनको लागि आफुहरुले सक्दो सहयोग गर्ने बताउदै स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रम गर्नुभएमा आफुहरु सहकार्य गर्न बताउनुभयो ।

रेडक्रसका जिल्ला उपाध्यक्ष अनन्त पौडेलले प्रवासी युवाको रगतपसिनाले सिन्चीत एम्बुलेन्स पिपलधारामा आएसगै स्थानीय जनताको स्वास्थ्य उपाचारमा पहुँच बढेको बताउदै एम्बुलेन्सको सफल सन्चालनको लागि ब्यवस्थापनका चुनौती चिरेर पिपलधाराका सरोकारवालाहरु मिलेर अगाडी बढ्न आग्रह गर्नुभयो ।

नेपाल बिधार्थी सघं गुल्मीका अध्यक्ष सुदर्शन खनालले युवाको एकता र सहकार्यले जुनसुकै कुरा फत्ते गर्न सम्भव छ भन्ने कुरा पिपलधाराका युवाहरुले प्रमाणित गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य नविन जिसी, युके समाज गुुल्मीका सल्लाहकार चेतनाथ खनाल, कांग्रेस पिपलधाराका सभापती हरी बहादुर थापा, एमालेका अध्यक्ष बाबुराम खड्का, एमाओवादीका अध्यक्ष रत्नप्रसाद खनाल, राप्रपका टानबहादुर केसीले पिपलधाराका प्रवासी युवाले पिपलधारामा खुसी ल्याएकोमा सम्पुर्ण अभियान्तालाइ धन्यबाद ब्यक्त गदै यस्तो सह्ररानी कार्यले आफुहरुलाइ सकरात्मक दवाब परेको हुदा आफुहरु समग्र पिपलधाराको विकासमा कटिबद्ध भएर लाग्ने बताएका थिए ।

रोजगारको शिलशिलामा युएइ रहेका पिपलधारा चौतारीका अध्यक्ष कमल जिसीले टेलिफोन मार्फत समारोहलाइ सम्बोधन गदै आर्थिक, भौतिक, नैतिक तवरले आफ्नो अभियानलाइ साथ दिने सबै प्रती उच्च सम्मान ब्यक्त गर्दै एम्बुलेन्स अभियानको सफलताले आफुहरुलाइ अझै ठुला र अझै राम्रा काम गर्न थप प्रेरणा र शक्ति मिलेको बताउनु भयो । उहाले चौतारीले स्थपनाको शुरुवातबाटै पिपलधारामा बिभिन्न सामाजिक कार्यहरु गर्दै आएको बताउदै दैबिक प्रकोप, स्वास्थ्य, शिक्षा, बिपन्न बर्ग, असाय स्थानमा दिल खोलेर सहयोग गरेकोे बताउनुभयो ।

दक्षिण कोरियाबाट सस्थाका उपाध्यक्ष मेहन्द्र गौतम ह्वाट्सअप अडियो माफर्त बिभिन्न परिस्थीती कठिनायीका बावजुत लाखौ रकम संकलन गरी एम्बुलेन्स ल्याउन सफल भएकोले यसको मर्म बुझेर एम्बुलेन्स सन्चालन गर्न आग्रह गर्नुभएको थियो ।

जापानबाट अडियो माफर्त महासचिव कृष्ण खनालले आफुहरुले दिएको एम्बुलेन्स सन्चालनमा राजनिती नर्गन चेतावनी दिदै समतामुलक र न्यायपुर्ण तवरले एम्बुलेस्सको सही सदुपयोग गर्न जोड दिनु भयो ।

मलेसियाबाट सस्थाका सचिव राजेन्द्र कुमार खड्काले आफ्नो अडियो सन्देशमा लामो समय देखिको सपना पुरा भएको र अब यसको सफल सन्चालनको लागि पिपलधाराका बद्धिजिवी समाजसेविलाइ आग्रह गर्दै पिपलधारामा अब राजनिती होइन बिकास गर्न स्थानिय राजनैतिक दललाइ आग्रह गर्नुभयो ।

त्यस्तै चौतारीका लण्डन संयोजक रबिन महतले पिपलधारामा समान विकासको लागि सरोकारवालाइ आग्रह गर्दै गा.वि.स.का सबै वडामा बिजुली बत्ती पुगेको तर वडा न १ उदिना र वडा न .२ सुफलमा नपुगेको ध्यानाक्र्षण हुनुपर्नेमा जोड दिदै छिटो भन्दा छिटो बिजुली बत्ती पुराउन माग गर्नुभयो ।

युएइबाट सस्थाका सदश्य निरन्जन खड्काले बेरोजगारको अभावले मुग्लान पसेका एक दर्जन देशक प्रवासवासीले आफ्नो खाजा नखाएर कम खाना खाएर जम्मा गरेर एम्बुलेन्स ल्याउन सफल भएको जानकारी दिदै आफुहरु अब पिपलधाराको शिक्षा स्तोरउन्नतीको लागि कार्य गर्ने बताउनुभयो ।

कार्यक्रममा पिपलधारा स्वास्थ्य चौकी ईन्चार्ज प्रेम खनालले प्रवासी युवाले स्वास्थ्य चौकीलाइ एम्बुलेन्स उपहार दिएकोमा बिषेश धन्याबाद ब्यक्त गदै सन्चानलको लागि निश्चित रकमको कोष खडा गरेमा एम्बुलेन्स सन्चालन सजिलो हुने बताउनु भयो ।

कार्यक्रममा कांग्रेस जिल्ला सदश्यमा अत्याधीक मतले बिजयी नविन जिसी, लुम्बीनी अंचलका अग्रणी पत्रकार बिबिसि नेपाली सेवाका बुटवल संवाददाता माधव नेपाल, नेपाल टेलिभिजनका हरिश ढकाल, बुटवलबाट प्रकाशित दैनिक पत्र दैनिकका समाचार प्रमुख सी.पी. खनाल तथा प्रेस युनिनका रुपन्देही जिल्ला अध्यक्ष एवम समाजसेवि बिक्रम खड्का, रुपन्देही पिपलधारा सम्पर्क समाजका महासचिव एवम् हिम क्षितिज युवा क्लबका अध्यक्ष अर्जुन ज्ञवाली, गुल्मीका पत्रकार प्रेम सुनारलाइ अभिनन्दन गरिएको थियो ।

युएइबाट सस्थाका सदश्य शालिकराम बिश्कर्मा, मलेशिबाट मोहन खड्का, सुन्दर कार्की, सुर्य खड्का र रामबहादुर थापा लगायतले एम्बुलेन्सकाृ सफल सन्चालनको लागि सम्पुर्ण युवाहरु एकजुट भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।

पिपलधारामा सञ्चालित एम्वुलेन्सले गुल्मीका चार वटा गाविसमा र छिमेकी जिल्लाका तिन वटा गाविसमा सेवा दिनेछ स्थानिय समाजसेवि एवम् युके समाजका सल्लाहाकार चेतनाथ खनालले जानकारी दिनु भयो ।

यसै बिच समाजसेवि प्रेम बहादुर थापा(पदम)को अध्यक्षतामा एम्बुलेन्स संचालन समिती गठन भएको छ । स्थानीय समितीका अध्यक्ष बाबुराम जिसीको सभापतित्व, तेजेन्द्र घिमिरेको स्वागत तथा सचिव हरि शर्माको सन्चालनमा सम्पन्न कार्यक्रममा बिविध सांस्कृतिक कार्यक्रमहरुले थप रोचक र मनोरन्जन पुर्ण भएको थियो । गिरीजा ख्डकाको संयोजकत्वमा स्थानिय कलाकारहरुले गीत नृत्य पनि प्रस्तुत गरेका थिए ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •