निधन भएका शेयर सदस्यको परिवारलाई राहत

478

निधन भएका शेयर सदस्यको परिवारलाई राहत

बुटवल, बैशाख । रुपन्देहीको बुटवल–१० सुख्खानगरमा सञ्चालित ईन्द्रणी बहुउद्देश्य सहकारी संस्थाले मृत्यू भएका आफ्ना शेयर सदस्यका परिवारलाई ४० हजार रुपैया सहयोग गरेको छ । संस्थाको सदस्य हित कोष मार्फत क्रियाखर्च बापत दुई जना शेयर सदस्यका परिवारलाई ४० हजार सहयोग गरेको हो । संस्थाले आफ्ना शेयर सदस्य बुटवल–९ निवासि दुर्गाप्रसाद रेग्मीको निधन भएकोमा उहाँका छोरा माधवप्रसाद रेग्मीलाई २० हजार तथा बुटवल–८ निवासि रामबहादुर कार्कीको निधन भएकोमा उहाँकी श्रीमती धनमाया कार्कीलाई २० हजार गरि ४० हजार क्रियाखर्च उपलब्ध गराएको छ । उक्त रकम संस्थाका अध्यक्ष मित्रबहादुर शाक्य, उपाध्यक्ष धुर्वकुमार धिताल, सचिव नेत्रलाल अर्याल, कोषाध्यक्ष दलबहादुर थापालगायतले संयुक्त रुपमा निधन भएका सदस्यका परिवारलाई हस्तान्तरण गर्नु भएको हो । संस्थाले आफ्ना सदस्यको मृत्यू भएमा सदस्य हितकोष मार्फत क्रियाखर्चका लागि राहत रकम प्रदान गर्दै आएको ब्यवस्थापक बाबुराम अर्यालले जानकारी दिनुभयो ।