बुटवल, बैशाख । लुम्बिनी अण्डा उत्पादक संघ रुपन्देहीले अण्डाको दररेट कायम गरेको छ । यस अंगाडीसम्म दररेट कायम नगरिकनै व्यापार गर्दै आएको संस्थाले व्यबसायिक एकता कायम राख्दै लागत मुल्यमा घाटा नखाने र उपभोक्तालाई पनि मार नपार्ने गरी दररेट निर्धारण गरिएको संघका अध्यक्ष आनन्द भट्टराईले जानकारी दिनुभयो । अण्डा उत्पादकहरुले यस अंगाडी १ हजार ७ सय रुपैंया प्रति पेटी सम्ममा कारोवार गर्दै आएका थिए । संघले दररेट कायम गरेपछि अव १ हजार ८ सय ५० रुपैंया भएको छ । अण्डा उत्पादनको लागत मुल्य बढेको र व्यबसायीलाई मर्का नपर्ने गरी दररेट निर्धारण गरिएको उहाँले बताउनु भयो ।
संघको सोमबार बुटवलमा बसेको बैठकले संस्थाको पहिलो साधारण सभा गर्ने मिती पनि तय गरेको छ । बैठकले आगामी शनिबारका दिन बुटवलमा पहिलो साधारण सभा गर्ने निर्णय गरेको अध्यक्ष आनन्द भट्टराईले जानकारी दिनुभयो ।
साधारण सभाले हालसम्म भएका कामको समिक्षा गर्दै नयाँ योजना सहितका रणनीति तय गर्ने पनि उहाँले जानकारी दिनुभयो ।