किशोरावस्थामा यौनशिक्षाको महत्व- डा.प्रकाश बुढाथोकी

1K

किशोरावस्थामा यौनशिक्षाको महत्व- डा.प्रकाश बुढाथोकी

DR.-Prakash-budhathokiएक १५ बर्षीय मर्चवारकी किशोरी पेटमा मासु पलायो भनि जचाउन आऊदा २६ साताको गर्भ देखिएको थियो । महिनावारी रोकिएको समस्या लिएर चिकित्सककहा पुग्ने अधिकांश किशोरीहरु अन्य बिभिन्न कारणहरुको खोजी गर्दछन तर आफु गर्भवती भएको थाहा हुदैन ।लागु औषध सेवनकर्ता हरी शर्मा एचआईभी पीडित छन र उनले आफनो श्रीमति र बच्चालाई संक्रमण सारेका छन । यी त केही उदाहरण मात्र ह¬न यौन शिÔा नह¬दा“का ।
हम्रो समाज
आमाबुवा बन्न जति सजिलो छ,दायित्व र कर्तब्य निभाउन त्यतिकै चुनौतीप¬र्ण छ । असल आमा बुवा बन्न बच्चालाई जन्म दिएर मात्र पुग्दैन,त्यसको लागि उपयुक्त रेखदेख,लालनपालन र असल शिÔादीÔाको आवश्यकता पर्दछ ।अधिकांश बुवाआमाहरु बालवालिकालाई मह∙ा स्कुलमा भर्ना गर्देमा र उनीहरुले भनेको सरसामान,खेलौना किनिदिएर आफ्नो दायित्व पुरा भएको संझन्छन । उनीहरुले चाहेको कुरा बोल्दा,,भन्न खोज्द“ा र भन्दा कुरै सुन्दैनौ,ठुला मान्छेको छेउमा यस्तो कुरा गर्छस,बाठो बन्छस भनेर गाली गर्छौ कतिले अझैपनि ।
क¬नै बेला नेपाली समाज यौनका मामलामा बन्द थियो,यौनका बिÈयमा क¬राकानी र छलफल असंम्भव थियो । यौनका क¬रा समयसगंै जानीदै जाने क¬रा हो भन्ने मान्यता राखिन्थ्यो । ख¬ला चर्चा ह¬दा“ पाश्चात्य देशमा जस्तै कम उमेर र किशोराबस्थामा आमा बन्ने समस्या आउछ भनिन्थ्यो ।समाजको मनस्थिती ब¬झेर यौन पढन¬पर्ने बिÈय हो भनिन्थ्यो र पाठयक्रममा राख्ने आ“ट पनि भएनन तर अहिले यौन ख¬क¬लो भई ल¬काउने क¬रा रहेन । समयक्रमसंगै हाल यौनअन¬भवको उमेर पश्चिममा १३ बाट ११ मा झरेझै नेपालमा बढीमा १६ बर्È मै गर्न थालेका छन ।
सामाजिक नैतिकताका पÔधर यौनका बारेमा ह¬नथालेका क¬रा र गतिविधीले नकारात्मक प्रभावस्वरुप छाडा यौन,बेश्यावृति,स्क¬ले उमेरमा बिवाह,क¬मारी आमा बन्ने क्रम बढेको बताउछन । संस्कृति सापेÔ नभई एनजिओ र आईएनजिओको प्रभावमा परी यौन अराजकता निम्तने खतरा पनि औल्याउछन । एकातिर कÔाकोठामा यौनबारेमा पाठ पढनपढाउन बिद्यार्थी ,शिÔकलाई सामाजिक, मनोबैज्ञानिक र सांस्कृतिक समस्या देखिएको छ भने अर्कोतिर कÔा ५ देखि तथा कÔा ९ र १० मा भएको ऐच्छिक स्वास्थ्य शिÔा बिÈयबस्त¬ प्रयाप्त नभएको ग¬णासो प्रजनन स्वास्थ्य र एचआईभी एड्स Ôेत्रमा कार्यरत संघसंस्था बताउछन ।
के हो त यौनशिÔा ?
किशोरा अवस्थामा हुने शारिरीक,मानसिक तथा संबेगात्मक र भावनात्मक परिवर्तनको सम्बन्धमा किशोराबस्थाका केटाकेटीलाई जानकारी दियर उनीहरुलाई यौनसम्बन्धमा आउनसक्ने खतराबाट बचाउनु हो ।यस अबस्थामा आउने खुलदुलीको उपयुकत उत्तर प्रदान गर्नु हो । यौनशिÔाभित्र यौन र प्रजनन स्वास्थ्य,यौन अधिकार,लैगिंकता,यौनजन्य हिंसा लगायतका बिÈय पर्दछन । तर धेरैले ब¬झेको यौनलाई आनन्द र मनोरन्जनका रुपमा ब्याख्या गर्न¬ हैन । विश्वमा भएको खोज अनुसन्धानहरुले यौनशिÔाले यौन गतिबिधि बढाउनेमा नभएर यौनसम्बन्धमा आईपर्ने जोखिमबाट मुक्त राख्न तथा यौन स्वास्थ्यको समस्याबाट बचा“उन सघा“उ पुर्याएको देखाएका छन । तसर्थ यौनशिÔाले सेफ सेक्सको अबधारणा बिकास ह¬न्छ ।
दÔिण एसियामा नेपालकै यौनशिÔाको स्तर सवैभन्दा राम्रो मानिन्छ ।भारतमा हिन्दु र मुसलमान धार्मीक नेताहरुको बिरोध र बिवाद तथा पाकीस्तान,बंगलादेशमा त झनै मुस्लिम सम्प्रदायले गर्दा बिद्यालय यौनशिÔा छदैछैन,ओझेलमा परेको छ ।चीनमा भएको यौनशिÔा आधुनिक नभई परम्परागत र जनसंख्या नियन्त्रणमुखी मात्र छ ।बेलायतमा यौनशिÔा अनिवार्य छैन अभिभावकले नचाहे दिईदैन,स्कटलैण्डमा भिन्दै किसिमको यौनशिÔा छ । अस्ट्रेलियामा बिस्तृत यौनशिÔा छैन भने अमेरीकामा कÔा ७ देखि १२ सम्म अनिवार्य छ ।
यौनशिÔाका फाईदाहरु
ड्ड प्रजनन अगं,संबेग नियन्त्रण,समस्या नियन्त्रण गर्ने,जिम्मेवारी बहन गर्ने अन¬भव गर्ने र ब्यक्तिमा आत्मबिश्वास बढाउने Ôमता र शारीरिक बिकासलाई ब¬झ्न
ड्ड उमेरसंगै ह¬ने शारीरिक,मानसिक बिकासवारे थाहा पाउन
ड्ड गर्भ,गर्भधारण र गर्भ निरोधबारे जानकारी पाउन
ड्ड यौनस्वास्थ्य र ब्यवहार ब¬झ्न
ड्ड एचआईभी एड्स लगायत यौनजन्य रोगबारे जानकारी र साबधानीका लागी
ड्ड आफ्नो यौनअधिकार र यौन सचेतनाका लागी
किनभने यौनशिÔाले ख¬ला बिचार,सकारात्मक सोच र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सकारात्मक धारणाको पनि बिकास गराउ“छ ।यौनशिÔाले गलत यौनआचरण घटाउछ । हस्तमैथुन, स्वपनदोÈ,रजस्वला तथा गर्भनिरोधकबारे जानकारी दिन्छ ।
सही यौनशिÔा नह¬दा“, यौनसम्बन्धी गलत अबधारणा र अफवाहले बढी स्थान पाउछ ।शारीरिक परिवर्तन र मानसिक संबेगबारे अनभिज्ञ भै गलत बाटोमा जाने संभावना रहन्छ ।यौनजन्य बिकृतिले प्रश्रय पाउछन ।यौनस्वास्थ्य जस्तै आङ खस्ने,पाठेघरको म¬खको क्यान्सर,स्तन क्यान्सर ,गर्भधारण र गर्भपतनबारे ह¬ने कम जानकारीले समग्र स्वास्थ्य खतरामा पर्ने संभावना रहन्छ ।केटाकेटी र किशोरावस्थामा शारिरीक र मानसिक विकास परिपक्व भैसकेको हुदैन ।मनमा अनेकौ जिज्ञासा र समस्या आउ“छन तर आमाबावु र घरपरिवारमा राख्ने वातावरण र परम्परा हाम्रो समाजमा छैन ।त्यो खुलदुली,जिज्ञासा मेटन,उत्तर भेटन बजारमा विक्री हुने अश्लिल पत्रपत्रिका,पुस्तक,तथा श्रब्यदृश्य सामग्री र यौन पिपासुको फेला पर्न जान्छन ।जसले गर्दा यौनसम्पर्क,यौनशोÈण तथा अश्लील ब्यवहारमा अघि बढाउ“छ र उनीहरुको जिन्दगी नै बर्बाद हुन्छ । कम उमेरमा हुनगएको यौन सम्पर्क र गर्भधारणले पार्ने असर,तथा सुरÔाका उपाय नअपनाउ“दा हुनसक्ने जटिलतावारे जानकारी गराउन यौन तथा प्रजनन स्वास्थ्य शिÔा अत्यन्तै आबश्यक हुने भएकोले सबैलाई यो शिÔा प्रदान गर्नुपर्छ ।
यौनशिक्षा कहिले दिने ?
बिश्व स्वास्थ्य संगठन लगायत बिभिन्न अन्तराष्ट्रिय संघसस्थाहरुले यौनअंगको पुर्णबिकाश नहुदै वा किशोरलाई जुगा“को रेखी बस्न नथाल्दै र किशोरीहरुलाई महिनावारी शुरु नहुदै अर्थात १० देखि १२ बर्È उमेर अगाडि नै किशोरकिशोरीलाई यौनशिÔा दिनुपर्छ । र यौनसम्पर्कका लागि उपयुक्त उमेर बिवाह भएपछि भन्दा यौनअगंको बिकाश भएपछि हो । तसर्थ बालबिवाह र यौनअगंहरुको बिकास नहुदैको यौनसम्पर्क रोक्न बिहेवारी २० बर्ष पारी भन्ने गरिएको हो ।
अन्तमा, छोराछोरीको भावना बुझ्ने,विशेÈ ख्याल राख्ने,कुरा सुन्ने,समय दिने,साथी सरहको ब्यवहार गर्दा पनि कुसंस्कार,कुलतमा लाग्ने प्रबृति निस्तेज बनाई सभ्य,सुसंस्कृत मागप्रति अभिपे्ररित गरेमा सन्ततिको र भोलिको देशका कर्णधारको भविष्य उज्वल र राम्रो हुनेमा कसैको दुईमत नभएकोले सवैले आजैदेखि यावत तथ्यहरुमा ध्यान पुर्याउनपर्दछ ।
( लुम्बिनी अञ्चल अस्पताल बुटवलका कन्सल्टेण्ट डेण्टल सर्जन डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रिय सदस्य हुनुहुन्छ ।)