किशोरकिशोरी मैत्री वातावरण बनाउन माग

1.3K

किशोरकिशोरी मैत्री वातावरण बनाउन माग

मीना पौडेल
देवदह, बैशाख । किशोरकिशोरी मैत्री वातावरण निमार्णमा सरोकारवाला निकायको ध्यान जानुपर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले औंल्याएका छन् ।

devda
स्वास्थ्य संस्थाबाट किशोरकिशोरीले लिने सेवा सुविधामा गोपनियता कायम गर्नुपर्ने उनीहरुले औल्याएका थिए । राष्ट्रिय किशोरकिशोरी यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि समुदाय स्तरिय अभिमुखीकरण कार्यक्रममा उनीहरुले सो कुरा बताएका हुन् । जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीको आयोजना तथा देवदह स्वास्थ्य चौकीको व्यवस्थापनमा भएको कार्यक्रममा किशोरकिशोरी यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि मूल्य, मान्यता तथा अधिकारको बारेमा प्रशिक्षण दिइएको थियो । देवदह स्वास्थ्य चौकीका संचालक समितिका सदस्य बालकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका परिवार नियोजन अधिकृत मनमोहन थापा, देवदह स्वास्थ्य चौकीका प्रमुख जयकिशन अधिकारी, केरवानी उच्च माविका शिक्षक खेमानन्द ज्ञवाली, महिला स्वास्थ्य स्वयम् सेविका मिना श्रेष्ठ, संचारकर्मी कमला अर्याललगायतले किशोरकिशोरीले पनि आफुमा भएका समस्याहरु सम्बन्धित निकायमा खुलस्त राख्नु पर्ने उल्लेख गरेका थिए ।
कार्यक्रममा आईपास जिल्ला संयोजक शंकर देवकोटा, देवदह स्वास्थ्य चौकीका सिनियर अनमी प्रज्ञा भट्टराईले प्रशिक्षण दिनुभएको थियो । देवदह स्वास्थ्य चौकीका सिनियर अहेव अधिकृत ताराप्रसाद खनालको संचालनमा भएको कार्यक्रममा देवदह क्षेत्रका स्वास्थ्य स्वयम सेविका, बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।