एन आर एन पोर्चुगलका प्रवक्ता द्वारा गैरकानुनी कार्य ,सोसल सेगुरान्स बनाइदिने भन्दै रकम खाइदिय (भिडिओ प्रमाण सहित )

897

एन आर एन पोर्चुगलका  प्रवक्ता द्वारा गैरकानुनी कार्य ,सोसल सेगुरान्स बनाइदिने भन्दै रकम खाइदिय (भिडिओ प्रमाण सहित )

लिस्वन /पोर्चुगल

https://www.youtube.com/watch?v=hLMJPAcRn4E

पोर्चुगलमा एन आर एन कै पदाधिकारीहरुबाट नेपालिहरु पिडित बनेको तथ्य पुन बाहिर आयको छ | बिभिन्न काण्डमा मुछिदै आयका एन आर एनका प्रवक्ता रहेका हेमराज सुबेदीले पोर्चुगल आउनेहरुलाइ सोसल सेगुरान्स बनाईदिने भन्दै रकम खाइदियका छन | पोल्याण्ड हुदै पोर्चुगलको राजधानी आइपुगेका हेमन्त भण्डारी सहितको रकम सुबेदीले खाइदियका हुन् | उनको यो कार्य गैरकानुनी र दलाली रुपमा रहेको छ |

हेमन्तको समुहमा रहेका मध्य  हेमराज सुबेदी संग सन्तोष गुरुङको सम्पर्क भयको थियो | सुबेदीले तिनै जनालाई लिस्बनको मार्तिमुनिज पार्कमा बोलाय र एकहप्तामा नै सोसल सेगुरान्स बनाइदिने भन्दै रकम असुले | प्रति व्यक्ति २ सय युरोका दरले ३ जना बाट ७ सय ५० युरो सुबेदीले झ्वाम पारे | वकिल  मार्फत बनाइदिने भन्दै ४५ दिन अघि रकम लियर गयका  सुबेदी ले अहिले सम्म न त् सोसल सेगुरान्स बनाइदियका छन न त् उनीहरुको रकम नै फिर्ता गरेका छन | थप हेर्नुहोस भिडिओ क्लिप |

पोर्चुगलमा यसरि व्यक्तिगत तरिकाले सोसल सेगुरान्स बनाउने कार्य पूर्णत गैरकानुनी रहेको छ | एन आर एनका प्रवक्ता यसरि विगत लामो समय देखि गैरकानुनी कार्यमा संग्लग्न रहदै आयका छन | बिगत समय अगाडी लिस्बन निवासी एक महिलाको रकम खाइदियका थिय | उनको बारेमा समाचार पनि आयको थियो तर एन आर एन पोर्चुगल भने मौन बसेको छ | यति मात्रै होइन सुबेदीले सामाजिक संजालमा आफ्नो पदीय मर्यादा बिर्सेर टिका टिप्पणी गर्दै आयका छन | तर यी सबै कार्य प्रति एन आर एन पोर्चुगल कानमा तेल हालेर बस्नु सिबाय अरु कार्य गर्न सकिरहेको छैन |

तसर्थ अब एन आर एन पोर्चुगलले सुबेदीले देखायको आफ्नो छाडापन र दलाली माथि नैतिक कारवाही गर्ने पर्दछ |मिलेसम्म बर्खास्ती नै गरोस | यस्ता दलाली र गैर कानुनि कार्य गर्ने माथि कडा भन्दा कडा कारबाही हुनु जरुरि देखिन्छ |होइन भने एन आर एन पोर्चुगलमा आउने हरेक निवेदन र घटनाको निस्पक्ष नतिजा दिन सक्दैन भन्ने पुस्टि गर्नेछ | पोर्चुगलमा धेरै नेपाली छन .हरेकका समस्या उस्तै छन | नेपालीको सस्था भनेर समस्या समाधानको लागि आउनेहरुको मन जित्नका लागि आफ्नो छवी एन आर एन पोर्चुगलले सुधार्नु जरुरि देखिन्छ |

थप समाचार पनि पढ़नुस

https://www.lumbinionline.com/nrn-2/

https://www.lumbinionline.com/porchugal-6/