बुटवल, बैशाख । नेपाल रेडक्रस सोसाईटि रुपन्देहीले सञ्चालन गरेको ट्राफिक सप्ताह–२०७३ को चौथो दिन बुधबार मणिग्राम, धकधई र छपियाका समुदायका लागि सडक सुरक्षा सम्बन्धी अभिमुखीकरण गरिएको छ ।
ट्राफिक प्रहरीसंग भएको संयुक्त कार्यक्रम अन्तरगत भएको अभिमुखीकरण कक्षामा पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका सई ज्ञानु पाण्डे, जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका सई पृथ्वीनारायण काफ्ले र दयानगरका प्रहरी जवान सोनु श्रेष्ठले क्रमशः मणिग्राम, धकधई र छपियामा सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा रेडक्रस सोसाईटि रुपन्देहीका सभापति प्रेमलाल उदास, उपसभापति दिपक क्षेत्री न्यौपाने, कोषाध्यक्ष दलबहादुर थापा, बरिष्ठ जिल्ला शाखा अधिकृत शैलेन्द्र तुलाधरले प्राथमिक उपचारको महत्वमाथि प्रकाश पार्नु भएको थियो ।
मणिग्राममा तिलोत्तमा नगरपालिकाका कार्यकारी अधिकृत टिकाराम ज्ञवाली, मणिग्राम उपशाखा सभापति कृष्ण प्रसाद गौतम, धकधईमा धकधई उपशाखाका सभापति अनिल कुमार कौशल, धकधई इलाका प्रहरी इन्चार्ज धनबहादुर थापा, सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश यादव, रामनरेश यादव आदर्श उ.मा.वि.का प्राचार्य तारानाथ त्रिपाठी र छपियामा दयानगर उपशाखाका सभापति हरिबहादुर थापा,बहुमुखी क्यापसका प्राचार्य लोकप्रसाद बस्याललगायतको सहभागिता रहेको थियो ।