क्रिकेट खेलाडी संघको अध्यक्षमा अग्रवाल, पारस खड्का महासचिव

864

क्रिकेट खेलाडी संघको अध्यक्षमा अग्रवाल, पारस खड्का महासचिव

cricketकाठमाडौं जेठ। क्रिकेट खेलाडी संघको अध्यक्षमा पवनकुमार अग्रवाल चयन भएका छन् । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का महासचिव भएका छन् ।क्रिकेट खेलाडीहरुको हक हितमा काम गर्न गठन भएको संघको शनिबार किर्तिपुरस्थित त्रि वि क्रिकेट मैदानको हलमा शनिबार भएको साधारण सभा भएको थियो ।साधारण सभाले अग्रवालको अध्यक्षमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । पूर्व कप्तान विनोद दास र सीता रानामगर उपाध्यक्ष छन् भने महासचिवमा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का छन् ।अनिल मण्डल सचिव र पृथु वास्कोटा कोषाध्यक्ष छन् । राजु वस्नेत, शक्ति गौचन, ज्ञानेन्द्र मल्ल, निरा राजोपाध्याय र विनोद भण्डारी छन् ।नयाँ कार्यसमितिको समितिको कार्यकाल दुई वर्षको हुनेछ । क्रिकेट खेलाडी संघ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गैर नाफामूलक सामाजिक संस्थाका रूपमा दर्ता छ ।