बिद्यार्थीलाई शुभकामना प्रदान

551

बिद्यार्थीलाई शुभकामना प्रदान

santiबुटवल, असार । रुपन्देहीको तिलोत्तमा स्थित शान्ति नमुना उच्च माबिबाट प्रवेशिका परीक्षा उत्तिर्ण गरेका बिद्याथीलाई सो बिद्यालयले बधाई सहित शुभकामना प्रदान गरेको छ । सुक्रबार बिद्यालयमा एक कार्यक्रमको आयोजना गरि प्रवेशिका परीक्षा उत्तिर्ण गरेका बिद्यार्थीलाई बधाई सहित सफल शैक्षिक यात्राको शुभकामना प्रदान गरेको हो ।
प्रचार्य घनश्याम ज्ञवालीको अध्यक्षतामा भएको सो कार्यक्रममा बिद्यालयका सहायक प्राचार्य कुलप्रसाद लामिछाने, बिद्यालय व्यबस्थापन समितिका सदस्य जगत पौडेल, शिक्षक स्थानेश्वर बस्याल, राजेन्द्र केसी, चन्द्रकान्त पराजुली लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
दुई सय ३० जना बिद्यार्थी परीयामा सहभागि भएकोमा सो बिद्यालयबाट २६ जना ए प्लस, ५४ जना ए, ५९ जना बि प्लस, ५४ जना बि, २८ जना सि प्लस र ९ जना सि ग्रेडमा उत्तिर्ण भएको सो बिद्यालयले जनाएको छ ।