उर्जा वचत सम्बन्धी अन्तरक्रिया

429

उर्जा वचत सम्बन्धी अन्तरक्रिया

बुटवल, १६ असार । बुटवल उद्योग वाणिज्य संघ र वातावरण तथा आर्थिक विकास समाज (सिड नेपाल) को संयुक्त आयोजनामा आज बुटवलमा उद्योगहरुमा कच्चा पदार्थको उपलब्धता, सह उत्पादनको उपयोग र उर्जा बचतका सम्वन्धमा अन्र्तक्रिया गरिएको छ । कार्यक्रममा सीड नेपाल परियोजनाले यस क्षेत्रका भवन निर्माण तथा फलाममा आधारित उद्योगको उत्पादन प्रक्रिया, कच्चा पदार्थ, सह उत्पादन र प्रबिधिमा गर्न सक्ने सहयोगका सम्वन्धमा छलफल भएको थियो ।
संघका अध्यक्ष महेशमान सिंहले संघले यस क्षेत्रको  पुर्वाधार बिकास र उद्योगको क्षमता अभिबृद्धिका लागि बिभिन्न निकायसंग सहकार्य र पहल गर्दै आएको बताउनु भयो । परियोजनाका कार्यकारी निर्देशक अमर मानन्धरले ८ जिल्लाका करिव एक सय भवन निर्माण तथा फलाममा आधारित उद्योगलाई परियोजनाले ४ बर्षसम्म प्रर्वद्धनमा सहयोग गर्ने जानकारी गराउनु भयो ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष खिमबहादुर हमाल, सदस्य नरिश्वर पौडेल, परियोजनाका बरिष्ठ परामर्शदाता गोबिन्द तिवारी, बुटवलका व्यवस्थापक गोबिन्द न्यौपाने लगायतले बोल्नु भएको थियो ।