ब्राजिलमा बढ्यो स्वाइन फ्लूको प्रकोप

703

ब्राजिलमा बढ्यो स्वाइन फ्लूको प्रकोप

swine fluब्रासिलिया, २१ असार । ब्राजिलमा स्वासप्रस्वासमा हुने घातक सङ्क्रमण, स्वाइन फ्लूको प्रकोप बढेको छ । यस विरुद्धको सतर्कताका लागि ब्राजिल सरकारले आग्रह गरेको छ । ब्रालिजको सरकारले सर्वसाधारणका नाममा जारी गरेको सूचनामा यस्तो सङ्क्रमणबाट सतर्क रहन आग्रह गरेको जनाइएको छ ।

प्राप्त पछिल्लो समाचारअनुसार सन् २०१६ मा ब्राजिलमा मात्र स्वाइन फ्लूबाट कम्तीमा पनि ८८६ नागरिकको ज्यान गएको छ । यसवर्ष पनि यसको प्रकोप बढ्ने देखिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यो वर्षलागेपछि पनि यस सङ्क्रमणको प्रकोप फैलिएको स्वास्थ्य अधिकारीहरुले जनाएका थिए । उनीहरुका अनुसार यस सङ्क्रमणबाट यति छोटो समयमै यति धेरै नागरिक मारिएका बताइएको छ ।

ब्राजिलको स्वास्थ्य विभागले गतहप्तामात्र प्रकाशन गरेको एक रिपोर्टमा त्यहाँ इन्फ्लुएन्जा ए अर्थात एचवान एनवान भाइरसको प्रकोप बढ्दो मात्रामा रहेको देखिएको छ । यस सङ्क्रमणबाट हाल पनि नागरिकको ज्यान गएको छ । उक्त प्रतिवेदनले ४५८१ जनामा यस सङ्क्रमणको प्रकोप देखिइएको पनि जनाएको छ । यो स्वासप्रस्वासमा हुने रोग हो । सन् २०१६ मा यस प्रकोपबाट ९३ जनाको ज्यान गएको पनि प्राप्त सो रिपोर्टले जनाएको छ ।

यो दक्षिण अमेरिकी देशमा गएको हप्तामात्र पनि ६०० भन्दा बढी यस प्रकोपका विरामी भर्ना भएका छन् । यसको संक्रमण दर निकै बढ्दै गएकोले सबैतर्फ सतर्कता अपनाइएको बताइएको छ । स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन सबैतर्फ ध्यानाकर्षण पनि गराएको समाचारमा जनाइएको छ । रासस÷सिन्ह्वा