मुटु अस्पताललाई चार करोड

685

मुटु अस्पताललाई चार करोड

mutu hospital

बुटवल, २२ असार । गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवललाई सरकारले अनुदान स्वरुप करिब चार करोड रकम दिने निर्णय गरेको छ ।

अस्पतालको उपकरण खरिदको लागि अनुदान स्वरुप १० करोड प्रस्ताव गरेकोमा सरकारले गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई ३ करोड ८२ लाख ४० हजार रुपैया उपलब्ध गराउने निर्णय गरेको हो ।

साढे दुईवर्ष देखि संचालित अस्पतालले सरकारबाट उपलब्ध हुने रकम अस्पतालको उपकरण खरिदमा लगाउने जनाएको छ । अस्पतालका अध्यक्ष एजाज आलमले सरकारबाट प्राप्त अनुदान रकमले अस्पतालको विकासको लागि धेरै ठूलो महत्व राख्ने बताउनुभयो ।

अस्पतालका निर्देशक वरिष्ठ मुटु रोग विशेषज्ञ डा. समिर गौतमले सरकारबाट प्राप्त उक्त रकम अस्पतालका विभिन्न उपकरण संगै डाईलाईसिस विभागको विस्तारमा समेत लगाईने जानकारी दिनुभयो ।