काठमाडौं । अनुशासन उल्लंघन गरेको अभियोगमा स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष ०७२/७३ मा ५२ जना कर्मचारीहरुलाई बर्खास्त गरेको छ ।मन्त्रालयले उनीहरुलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहर हुनेगरी सेवाबाट बर्खास्त गरेको हो ।बर्खास्तमा परेकाहरुमध्ये अधिकांश स्टाफ नर्स पेशामा आवद्ध छन् ।विना जानकारी ६० दिनभन्दा लामो समय विदामा बसेपछि उनीहरुलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य हुनेगरी कारबाही गरेको उपसचिव बाबुराम गौतमले जानकारी दिए ।मन्त्रालयले उनीहरुलाई नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७२ (ख) को उपदफा १ अनुसार कारबाही गरेको हो ।उक्त व्यवस्थाअनुसार विदा स्वीकृत नगराई लगातार ६० दिनभन्दा बढी अनुपस्थित कर्मचारीलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहर हुने गरी सेवाबाट बर्खास्त गर्न सकिनेछ ।