पांच हजार ६ सय ३५ घर शौचालय विहीन

714

पांच हजार ६ सय ३५ घर शौचालय विहीन

disamukta
बुटवल, २९ असार । रुपन्देही जिल्ला खुल्ला दिसामुक्त घोषणाका लागि अन्तिम चरणमा पुगेको छ । जिल्लाका अधिकाश क्षेत्रमा शौचालय निमार्ण भएकोले पुर्ण खुल्ला दिसामुक्त जिल्ला घोषणाको अन्तिम तयारीमा रहेको जिल्ला खानेपानी तथा सरसफार्य डिभिजन कार्यालयले जनाएको छ ।
अव जिल्लामा जम्मा ५ हजार ६ सय ३५ घरमा मात्र शौचालय निमार्ण हुन वांकी रहेको बताइएको छ ।  कुल एक लाख ६३ हजार ८ सय ३५ घरधुरी रहेको रुपन्देहीमा अव झण्डै ४ प्रतिशत घरमा मात्र शौचालय निमार्ण हुन वांकी रहेको छ ।
अव रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका र विष्णुपूरा गाविसलाई खुल्ला दिसामुक्त घोषणा गर्न केही समय लाग्ने बताइएको छ । चेतनाको अभावले खुल्ला दिसामूक्त घोषणा गर्ने विषयमा चुनौती देखिएको खानेपानी तथा सरसफाईं डिभिजन कार्यालयले जानकारी गराएको छ ।

नौ हजार ९ सय ४६ घरधुरी रहेको लुम्बिनी सांस्कृतिक नगरपालिकाका ३ हजार र विष्णुपूरा गाविसका १ हजार घरमा शौचालय बनाउन बांकी रहेको खानेपानी तथा सरसफाईं डिभिजन कार्यालयको तथ्याङ्कले देखाएको छ । डिभिजन कार्यालयको तथ्याङ्क अनुसार अशुरैना गाविसका ३५ घर, सिद्वार्थ नगरपालिकामा ५ सय घर, बोधवार गाविसमा २ सय ५०, वगौली गाविसमा ५ सय र वयरघाट गाविसमा ३ सय ५० घरहरुमा शौचालय बनाउन बांकी छ ।

जिल्लामा रहेका १ लाख ६३ हजार ८ सय ३५ घरधुरीमध्ये १ लाख ५८ हजार २ सय घरमा शौचालय बनाईएको छ भने ५ हजार ६ सय ३५ घरमा शौचालय बनाउन बांकी छ । दुई वटा नगरपालिका र ५ वटा गाविसलाई खुल्ला दिसामुक्त गर्न बांकी रहेको खानेपानी तथा सरसफाईं डिभिजन कार्यालय योगिकुटी रुपन्देहीका प्रमुख शंकरमणि ज्ञवालीले जानकारी गराउनुभएको छ । रुपन्देहीका पूर्ण सरसफाई अभियानबारे जानकारी गराउने उद्वेश्यले सञ्चारकर्मीहरुबीच बुधबार एक कार्यक्रम गरी बांकी रहेका नगरपालिका र गाविसलाई मंसिर १५ भन्दा पहिला नै खुल्ला दिसामुक्त गरिने प्रमुख ज्ञवालीले बताउनुभयो ।
उहांले जिल्लालाई २०७३ मंसिर १५ गते भित्र खुल्ला दिसामुक्त गर्ने पूर्व घोषित मिति भित्र नै खुल्ला दिसामुक्त घोषणा गर्ने तयारी भैरहेकाले यस अभियानलाई सहयोग गर्दिन सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभएको छ । रुपन्देहीका ४२ वटा गाविसलाई खुल्ला दिसामुक्त गाविस घोषणा गरी सकिएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका र विष्णुपूरा गाविसबाहेक अन्य गाविसलाई छिट्टै खुख्ला दिसामुक्त गाविस घोषणा गर्ने तयारी भैरहेको खानेपानी तथा सरसफाईं डिभिजन कार्यालयका ईन्जिनियर धुव्र धितालले जानकारी गराउनुभएको छ । डिभिजन कार्यालय प्रमुख शंकरमणि ज्ञवालीको अध्यक्षता र प्राविधिक इश्वरी आचार्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।