बुटवल-खुल्ला दिसामुक्त र पूर्ण खोपयुक्त

451

बुटवल-खुल्ला दिसामुक्त र पूर्ण खोपयुक्त

dishamuktaबुटवल /बुटवल उपमहानगरपालिका अबदेखि खुल्ला दिशामुक्त र पूर्ण खोपयुक्त पनि भएको छ । बिहीबार बिशेष समारोहका बिच यस्तो घोषणा भएको हो ।
उपप्रधानमन्त्री कमल थापाले बुटवललाइ खुलादिशामुक्त घोषणा गर्ने कार्यक्रम भएपनि पछिल्लो राजनैतिक उतारचढावका कारण उनी आएनन् । सट्टामा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णु ढकालले मुक्त घोषणा गरे ।

कार्यक्रममा बोल्दै ढकालले अब जिल्लालाइ नै खुला दिसामुक्त बनाउन सबैले पहल गर्नुपर्ने बताए ।
उपमहानगरका प्रमुख धु्रबबहादुर खड्का,खानेपानी डिभिजन प्रमुख शंकरमणी ज्ञवाली,उपमहानगरका बरिष्ठ अधिकृतहरु बिष्णु खनाल,भुवाप्रसाद लुइटेल,जिल्ला जनस्वास्थ्प्रमुख टंकप्रसाद चापागाइ,कांग्रेस नगरसभापति खेलाज पाण्डे,पूर्व प्रतिनिध भोजप्रसाद श्रेष्ठ,तिनपा प्रमुख टीकाराम ज्ञवाली,देबेन्द्र घिमिरे,रिजन श्रेष्ठ,महेन्द्रकुमार राज भण्डारी लगयतले बोलेका थिए ।
जिल्ला पनि घोषणाको तयारी
रुपन्देही जिल्ला खुल्ला दिशामुक्त घोषणका लागि अन्तिम चरणमा पुगेको छ । जिल्लाका अधिकाश क्षेत्रमा शौचालय निमार्ण भएकोले पुर्ण खुल्ला दिशामुक्त जिल्ला घोषणको अन्तिम तयारमिा रहेको जिल्ला खानेपानी तथा सरसफार्य डिभिजन कार्यालयले जनाएको छ ।

जिल्लामा जम्मा ५ हजार ६ सय ३५ घरमा मात्र शौचालय निमार्ण हुन वांकी छ । एक लाख ६३ हजार ८ सय ३५ घरधुरी रहेको रुपन्देहीमा अव झण्डै ४ प्रतिशत घरमा मात्र शौचालय निमार्ण हुन वांकी रहेको छ ।