लिम्बू भाषामा पाठ्यक्रम

652

लिम्बू भाषामा पाठ्यक्रम

पाँचथर, ८ साउन । लिम्बू भाषामा आधारभूत तह अन्तर्गत कक्षा ६–८ सम्मको पाठ्यक्रम निर्माण भएको छ ।

पाठ्यक्रम निर्माण समितिका संयोजक हरिचन्द्र लावतीले मूल पाठ्यक्रम तयार गरी गत असार मसान्तमै जिल्ला शिक्षा कार्यालयमा बुझाउनुभएको हो । यसअघि समितिले पाठ्यक्रम निर्माणका लागि आवश्यकता पहिचान गरेर उद्देश्य निर्धारण र विषयवस्तु सरोकार भएकाहरुबाट सङ्कलन गरेको थियो ।

लिम्बू विद्यार्थीको बाहुल्य रहेका विद्यालयमा बर्खे बिदा सम्पन्न भएपछि पठनपाठन गरिने छ । संविधानले प्रत्येक नागरिकलाई मातृभाषामा शिक्षा पाउने हकको सुनिश्चित गरेपछि लिम्बू अगुवाले जिल्ला शिक्षा कार्यालय अन्तर्गतको जिल्ला पाठ्यक्रम समन्वय समितिको समन्वयमा पाठ्यक्रम निर्माण गरेका हुन् । रासस