बुटवल, ८ साउन । नयां शक्ति नेपाल निकट युवा अभियान रुपन्देहीले त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसीको अनसन आन्दोलनप्रति ऐक्यवद्धता जनाउंदै बुटवलमा मोटरसाइकल ¥याली निकालेको छ ।
शनिबार विभिन्न नारा लेखिएका प्लेकार्डसहित राजमार्ग चौराहाबाट निस्केको ¥याली मिलनचोक, अस्पताललाइन, दुर्गामन्दिर, राममन्दिर, जेसीसचोक, इलाका प्रहरी कार्यालय, पुल्चोक, गोलपार्क हुंदै ट्राफिकचोकमा पुगेर समापन भएको थियो ।
ट्राफिकचोकमा आयोजित कोणसभामा बोल्दै युवा अभियान रुपन्देही संयोजक पंकज राईले डा. केसीले मेडिकल शिक्षालाई सर्वसुलभ बनाउन गर्नुभएको अनसन आन्दोलनमा ऐक्यवद्धता जनाउंदै सरकारलाई दवाव दिन ¥याली गरिएको बताउनुभयो । उहाले अहिले मुलुकमा अनियमितता,कालोबजारी र भ्रष्टाचार हरेक क्षेत्रमा मौलाएकाले त्यसविरुद्ध नयां शक्ति नेपाल पार्टी र उसका भातृ संगठनहरु रहेको प्रष्ट्याउनुभयो ।
सो कोणसभामा लुम्बिनी अञ्चल अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन माग गर्दै अभियान चलाइरहेका मुक्ति पौडेलले नयां शक्ति नेपाल निकट युवा अभियान रुपन्देहीले डा. गोबिन्द केसीको आन्दोलनप्रति ऐक्यवद्धता जनाउंदै ¥याली गर्नु प्रसंशनीय काम भएको टिप्पणी गर्नुभयोे । उहांले डा. केसीको माग पुरा गराउन सबै वर्ग र क्षेत्रका नागरिक राजनीतिक स्वार्थ भन्दा माथि उठ्नुपर्ने बताउनुभयो ।