इन्टलेक्च्युअलमा शिक्षकलाई तालिम

588

इन्टलेक्च्युअलमा शिक्षकलाई तालिम

schoolबुटवल, ८ साउन । इन्टलेक्च्युअल एकेडेमी स्कुल बुटवलले आफ्ना शिक्षकको क्षमता अभिवृद्धिका लागि दुई दिने अभिमुखिकरण तालिम सम्पन्न गरेको छ ।

विद्यार्थीको चौतर्फी विकासका लागि शिक्षकमा सृजनशिलताको आवश्यकता छ भन्ने उद्धेश्यले संचालित तालिममा क्षमता विकास, सिकाईको प्रभावकारिता, बालवालिकाको मनोविज्ञान, अभिभावक, शिक्षक र विद्यार्थी विचको सम्वन्ध विविध क्षमताका विद्यार्थी विचमा गरिनुपर्ने शिक्षण लगाएतका विषयमा प्रशिक्षक उत्तम दाहालले प्रशिक्षण दिनु भएको थियो ।

दुई दिने तालिमको समापनमा विद्यालयका प्रबन्ध निर्देशक रामराज पोख्रेल, प्रिन्सिपल ध्रुवराज पन्थी, स्कुल अफ ट्रेनिङका कृष्ण पंगेनी, प्रशिक्षक उत्तम दाहाल, विद्यालयका कोर्डिनेटर खुम पालुङगे लगाएतले शिक्षकले सिकेका सिपलाई कक्षामा प्रयोग गरेपछि मात्र तालिमको सार्थकता हुने धारणा राखेका थिए ।