सेयर कारोबारमा १५.१७ अङ्कले गिरावट

303

सेयर कारोबारमा १५.१७ अङ्कले गिरावट

काठमाडौँ, १६ साउन । धितोपत्र बजारमा आज रु एक अर्ब ७५ करोड ५० लाख ७४ हजार बराबरको कारोबार भएको छ ।

कुल १४१ कम्पनीको ३५ लाख ९४ हजार ६१९ कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्चेन्जले जनाएको छ । स्टकका अनुसार सेयर कारोबारमा आज १५.१७ अङ्कले गिरावट आएको छ । गत साताको तुलनामा नेप्से परिसूचक घटेर एक हजार ८६२ बिन्दुमा कायम रहेको हो । गत बिहीबार एक हजार ८७७.९३ अङ्कमा झरेर रोकिएको थियो ।

जलविद्युत् र अन्य समूहबाहेक अरु सबै समूहको सेयर ओह्रालो लागेपछि नेप्से परिसूचक समेत तल झरेको हो । जलविद्युत् समूह ०.८७ र अन्य समूह ०.१४ बिन्दुले बढेको छ । बैंकिङ १.१८, होटल ४.०९, विकास बैंक ०.०२, फाइनान्स १.३१, बिमा ०.५ तथा उत्पादन १.३७ प्रतिशतले कमी आएको स्टकले जनाएको छ ।