नेप्से घट्ने क्रम रोकिएन

298

नेप्से घट्ने क्रम रोकिएन

nepse

काठमाडौँ, १७ साउन । धितोपत्र बजारमा सेयर ओरालो लाग्ने क्रम आज पनि रोकिएन । आइतबार १५.१७ बिन्दुले घटेको नेप्से परिसूचक आज पुनः १७.३५ बिन्दुले घटेर एक हजार ८४५ बिन्दुमा कायम भएको छ । आइतबार रु एक अर्ब ७५ करोड ५० लाख ७४ हजार बराबरको कारोबार भएकामा आज रु एक अर्ब ४९ करोड ६३ लाख ९० हजार मूल्य बराबरको कारोबार भएको छ ।

कुल १४० कम्पनीको ५१ लाख नौ हजार ११८ कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ । होटल समूहबाहेक अरु सबै समूहको सेयर कारोबारमा कमी आएको छ । होटल समूह १.७८ प्रतिशतले बढेको छ । बैंकिङ ०.९४, विकास बैंक १.६६, जलविद्युत् ०.९३, फाइनान्स ०.१६, बिमा ०.७, उत्पादन १.६ र अन्य समूह ०.८ प्रतिशतले कमी आएको स्टकले जनाएको छ ।

बजार खुल्नेबित्तिकै केही समय उचाइ लिएको नेप्से परिसूचक अपराह्न १ बजे घटेर एक हजार ८३२ बिन्दुमा झरेको थियो । पुनः बजार सम्हालिएर एक हजार ८४६ बिन्दुमा कायम भएको स्टकले जनाएको छ ।