नेपाल–चीन मैत्री समाजद्वारा बृक्षरोपण

503

नेपाल–चीन मैत्री समाजद्वारा बृक्षरोपण

topraj

बुटवल, १८ साउन । नेपाल चीन दौत्य सम्बन्ध स्थापनाको ६१ औं वार्षिक उत्सवको अवसर पारेर नेपाल चीन मैत्री समाज लुम्बिनीले विद्यालयमा बृक्षरोपण गरेको छ । समाजले रुपन्देहीको हाटीबनगाई गाविस –८ स्थित गैरकट्टी रामदुलारी मिश्र माविमा अमला, तेजपत्ता, धुपी, टिक, अशोका  जातका करिब सय वटा बिरुवा रोपेको हो ।

कार्यक्रमको उद्घाटन गर्दै रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेबहादुर थापाले विश्वव्यापीरुपमा वातावरण संरक्षणको सवाल उच्च प्राथमिकतामा परेकाले सामाजिक संघसंस्था र निजी क्षेत्रले बृक्षरोपणलाई अभियानकै रुपमा चलाउनुपर्ने बताए । नेपाल चीन मैत्री समाजका अध्यक्ष नारायण सापकोटाले विश्वकै पहिलो अर्थतन्त्र भएको छिमेकी राष्ट्र चीनसंग जनस्तरमा सम्बन्ध प्रगाढ बनाउन र विस्तार गर्न समाजले विभिन्न रचनात्मक कामहरु गर्दै आएको बताए ।

कार्यक्रममा उद्योग ब्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायणप्रसाद भण्डारी, औषधी व्यवसायी संघका सल्लाहकार डा. ऋषिराम शर्मा, अडिटर एशोसिएसनका केन्द्रीय सचिव गोबिन्द रेग्मी, उक्त विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र मिश्र, अध्यक्ष रमाशंकर मिश्र लगायतले बृक्षरोपणको महत्वबारे बोलेका थिए ।

समाजका अध्यक्ष नारायणप्रसाद सापकोटाको अध्यक्षता, महासचिव मनिषकुमार जोशीको संचालन र कार्यक्रम संयोजक गिरिश त्रिपाठीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । नेपाल र चीनबीच वि. सं.२०१२ साल सन् १९५५ अगष्ट १ तारिखमा दौत्य सम्बन्ध स्थापना भएको हो ।