बुटवलमा सुविधा सम्पन्न डेन्टल क्लिनिक

434

बुटवलमा सुविधा सम्पन्न डेन्टल क्लिनिक

manakamana

बुटवल, २७ साउन । बुटवलको राजमार्ग चौराहामा सुविधा सम्पन्न डेन्टल क्लिनिक सञ्चालनमा आएको छ । युवा व्यबसायी जंगबहादुर थापाको करिव १५ लाख रुपैंया एकल लगानीमा मनकामना डेन्टल केयर क्लिनिक सञ्चालनमा आएको हो ।

उक्त डेन्टल क्लिनिकको बिहीबार औपचारिक रुपमा उद्घाटन गरिएको छ । उक्त क्लिनिकमा बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डेन्टिष्ट डा. सुवोध थापाले दाँत तथा मुख स्वास्थ्यको परिक्षण गर्नुहुनेछ ।

उक्त क्लिनिकका कार्यकारी निर्देशक समेत रहनु भएका डा. थापाले दाँत सफा गर्ने, उखेल्ने, नक्कली दाँत राख्ने, सिमेन्ट चाँदी भर्ने, बाँध्ने, सिधा बनाउने, आरसीटि गर्ने दाँत सम्बन्धि सम्पूर्ण समस्या सहित मुखमा आउने घाउको समेत उपचार गरिने बताउनु भयो ।

सञ्चालक थापाले दाँत सम्बन्धि समस्या भएका बिरामीलाई सर्वसुलभ दरमा गुणस्तरीय सेवा प्रवाह गर्ने बताउनु भयो ।