पैचोलाई राष्ट्रिय युवा प्रतिभा सम्मान

1.3K

पैचोलाई राष्ट्रिय युवा प्रतिभा सम्मान

paicho

बुटवल, २८ साउन । गुल्मीलाई प्रमुख कार्यक्षेत्र बनाई कृषि क्षेत्रमा काम गरिरहेको पैचो पसल प्रा.लि राष्ट्रिय युवा प्रतिभा सम्मानबाट सम्मानीत भएको छ । युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा आज काठमाण्डौमा भएको एक कार्यक्रममा पैचो पसललाई सम्मान गरिएको हो ।

राष्ट्रपति बिद्यादेबी भण्डारीले प्रदान गर्नुभएको राष्ट्रिय प्रतिभा सम्मान पैचो पसलका प्रबन्ध निर्देशक ध्रुव न्यौपानेले लिनुभएको थियो । सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मुलुकमा ठूलो संख्यामा रहेको युवाशक्तिलाई परिचालन गर्न सकेमात्र देशको उन्नती हुने बताउनुभयो ।

कार्यक्रममा युवा सशक्तिकरणमा बिशेष योगदान पु¥याउने धर्मुस सुन्तलि फाउण्डेसन काठमाण्डौ, वाताबरण तथा सरसफाईमा डाक्टर राजु अधिकारी, चित्रकला संगितमा अमीर लामा, कला र संगितमा शिव परियार लाई पनि युवा प्रतिभा सम्मानबाट सम्मानीत गरिएको थियो ।

त्यसै गरि कृषि फलफुलमा लोचन बस्नेत, चेलिबेटी बेचबिखन नियन्त्रणमा फुलमाया तामांङ्ग, पशुपालनमा दिपक तिमील्सीना, कला तथा संस्कृतिमा कालोपोथीका कलाकार द्धय सुकराज रोकाया र खड्गराज नेपाली र बैज्ञानीक खोज अनुसन्धानमा डाक्टर सुमन सत्याल सम्मानीत भएकाछन् ।

युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेलले स्वागत गर्नुभएको थियो ।