दीपका विद्यार्थीद्वारा वृक्षरोपण

495

दीपका विद्यार्थीद्वारा वृक्षरोपण

deep deep

बुटवल, २८ साउन । बुटवल १० सुख्खानगरमा रहेको दीप बोर्डिङ्मा क्रियासिल नेपाल जुनियर रेडक्रस सर्कलले बुटवलको हिलपार्कमा वृक्षरोपण गरेको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर ‘रुख रोपौं वातावरण जोगाऔं’ भन्ने नाराका साथ बुटवलको हिलपार्कमा अमला, टिक, कल्की, वेल, सफेदा लगायतका करिव सय थान बिरुवा रोपिएको प्राचार्य टिकाराम न्यौपानेले बताउनु भयो ।

नेपाल जुनियर रेडक्रस सर्कल दीप बोर्डिङ् उच्च माध्यमिक बिद्यालयका शिक्षक नायक अर्जुनप्रसाद पन्तको संयोजकत्वमा भएको कार्यक्रममा हिलपार्क परिषदका अध्यक्ष भिमप्रसाद तुलाचनले वातावरण संरक्षणकालागि बृक्षरोपण गरेर बिद्यार्थीले अनुकरणीय काम गरेको उल्लेख गनुभयो ।

कार्यक्रममा बिद्यालयका प्राचार्य टिकाराम न्यौपाने, उपप्राचार्यहरु कलाधर अर्याल, ज्ञानु थापा, सुरन्द्रकुमार शाक्य, सहशिक्षक नायक पुरुषोत्तम पाण्डे, शिक्षक दिनेश खड्का सहित बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।