कोलम्बो भेलामा बाल रङ्गमञ्च

1.3K

कोलम्बो भेलामा बाल रङ्गमञ्च

काठमाडौँ, २९ साउन । बाल रङ्गमञ्चसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘आसितेज इन्टरनेसनल इन्टरनेसनल एसोसिएसन अफ थिएटर फर चिल्ड्रेन एन्ड योङ्ग पिपल’ को श्रीलङ्काको कोलम्बोमा हुने यस पटकको भेलामा नेपालका बालबालिकाको समस्या समाधानबारे छलफल गरिने भएको छ ।

“बालबालिकालाई नाटकघर लैजाआँैं, उनीहरु पनि सुन्न, देख्न, महसुस गर्न र कल्पना गर्न सक्छन् भन्ने अन्तर्राष्ट्रिय अभियान चलाइरहेको यस संस्थाको नेपाल पनि सदस्य राष्ट्रको हैसियतबाट सो बैठकमा सहभागी हु“दैछ”– आसितेज नेपालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

भेलामा नेपालबाट दशकभन्दा बढी समयदेखि कलाकारिता गरिरहेका र नेपालमा बाल रङ्गमञ्चको प्रबद्र्धनमा लागिरहेका कलाकार दीपर्सनजङ्ग राणा सहभागी हुनुहुनेछ । भेला आगामी भदौ २ देखि ४ गतेसम्म चल्नेछ । सन् २०१० मा जापानबाट सुरु भएको आसितेज एसिया भेला चीन, जापान, दक्षिण कोरिया, भारत हु“दै यस पटक छैटौंँ भेला श्रीलङ्कामा हुने भएको हो ।

भेलामा नेपालका तर्फबाट राणाले नेपालमा भइरहेका समग्र रङ्गमञ्चको गतिविधि तथा बाल रङ्गमञ्चमा प्रयास गरिएका गतिविधिको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ । भेलामा दक्षिण एसियाको विकसित राष्ट्र नेपालका बालबालिकाका समस्यालाई रङ्गमञ्च मार्फत कसरी समाधानमा सहयोग गर्न सकिन्छ भन्ने अवधारणापत्र प्रस्तुत हुनेछ ।