नयां नेतृत्व चयन

1.3K

नयां नेतृत्व चयन

बुटवल, ३१ साउन । अखिल नेपाल क्रान्तिकारी टे«ड यूनियन महासंघ लुम्बिनी सांस्कृतिक नगर समितिको भेला नयां नेतृत्व चयन गरि आज महिलवारमा सम्पन्न भएको छ ।

भेलाले जलाल मुसलमानको संयोजकत्वमा ११ सदस्यीय महासंघको नगर समिति गठन गरेको छ । जसमा शिवसंकर हरिजन, हरिचन्द्र हरिजन,राजु कुमार,काशीनाथ,महमद फकिर,अजरत अलि,कृष्ण हरिजन,विकास हरिजन सदस्यमा रहनुभएको छ ।

त्यस्तैं भेलाले जलाल मुसलमानको अध्यक्षतामा २१ सदस्यीय ई–रिक्सा लुम्बिनी सांस्कृतिक नगर समिति गठन गरेको छ । यसैगरि सोही भेलाले मुवि अलिको संयोजकत्वमा क्रान्तिकारी राष्ट्रिय युवा लिग रुपन्देही क्षेत्र नं ७ गठन गरेको छ ।

जसमा हजरत अलि, अब्दुल जालिम, सुरेन्द्र हरिजन,मनोज हरिजन,महाजन लोनियां लगायत सदस्यमा रहनु भएको छ । भेलामा नेकपा क्रान्तिकारी माओवादी अवधराज्य सचिवालय सदस्य आरपी शर्मा,महासंघका अवधराज्य समिति संयोजक राजु भुजेल,नेता टिपु सुल्तान लगायतले बोल्नु भएको थियो ।