बालीमा समस्या आएपछि स्थानीयवासी आन्दोलनमा

1.3K

बालीमा समस्या आएपछि स्थानीयवासी आन्दोलनमा

परासी, ३२ साउन । इन्द्रा सुगर मिल्समा रहेको डिस्टिलरीबाट निस्केको रासायन (विषादी पानी) का कारण स्थानियवासीको कृर्षि बालीमा समस्या आएपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् ।

डिस्टिलरीबाट निस्केको रासायनले धानबालीमा क्षति पु¥याएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । स्थानीय किसानले बालीनालीको क्षतिपूर्ति पाउनुपर्ने र उद्योगलाई बस्तीबाट टाढा राख्नुपर्ने माग गरेका छन् । सुगर मिल्समा रहेको डिस्टिलरीबाट विषादीसहित पानी निस्कने गर्दछ ।

उद्योगले सञ्चालन गर्दै आएको डिस्टिलरी बन्द गर्नुपर्ने, चिनी उद्योगको प्रदूषण न्यूनीकरण गर्नुपर्ने र डिस्टलरीको प्रदूषणले बालीनाली र मानवीय क्षेत्रमा परेको क्षतिपूर्ति दिइनुपर्ने स्थानीयवासीले माग राखेका छन् । बर्सेनि उद्योगका कारण बाली क्षति हुने र क्षतिपूर्ति माग्न आन्दोलन गर्नुपर्ने हँुदा स्थानियले डिस्टिलरी बन्द गर्नुपर्ने माग राखेको प्रदूषण पीडित सङ्घर्ष समितिका संयोजक विनोद यादवले बताउनुभयो ।

रसायनकै कारण मिल आसपासका क्षेत्रमा करिब ५० बिघाहामा रहेको धानबाली र उखुसमेत नष्ट भएको छ । पीडित किसानले डिस्टिलरीले बगाएको रसायनयुक्त फोहर पानीले धानबालीमा नोक्सानी पु¥याएको बताएका छन् । गत साउन १९ गते स्थानीय किसानले बाली क्षतिपूर्ति र उद्योगबाट बग्ने रसायनयुतm पानीको व्यवस्थापनको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका छन् ।