बुटवल, ३ भदौ । बुटवल–१० सुख्खानगरमा रहेको दीप बोर्डिङ उच्च माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुको युवा रेडक्रस सर्कल गठन गरिएको छ । रेडक्रस परिचयात्मक कार्यक्रमसँगै सर्कलको गठन गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाका सभापति प्रेमलाल उदासको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बुटवल युवा रेडक्रस सर्कलकी उपाध्यक्ष आशमाया रानाले सहजीकरण गर्नुभएको थियो । नव गठित सर्कलको अध्यक्षमा नमन सेढाइ, उपाध्यक्षमा योगिता गुप्ता, सचिवमा विपना अधिकारी, सहसचिवमा सागर भट्टराई, कोषाध्यक्षमा सिम्रन श्रेष्ठ, सह– कोषाध्यक्षमा अभिषेक भट्टराइ रहनुभएको छ । यस्तै सदस्यहरुमा अनुप क्षेत्री, सुष्मा न्यौपाने, सन्ध्या सुनार, विजय भण्डारी र सागर पाण्डे रहेका छन् ।
सर्कलको शिक्षक नायकमा अर्जुन पन्थ र सह–शिक्षक नायकमा पुरुषोत्तम पाण्डे रहनुभएको छ । नवनियुक्त पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिदै सर्कलका संरक्षक एवम विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले आगामी दिनमा सामाजिक कार्यहरुमा सक्रियतापूर्वक लाग्न आग्रह गर्नुभयो ।
यस्तै सह–प्राचार्यत्रय कलाधर अर्याल, ज्ञानु थापा, सुरेन्द्र कुमार शाक्य लगायतले पनि शुभकामना दिनुभएको थियो ।